बूढानीलकण्ठ नगरपालिकाले असार २२ गते देखि भेरोसेल खोपको दोश्रो मात्रा लगाउने अभियानका लागी तयारी गरिरहेकाे छ । विगतका अनुभवहरूका आधारमा यस अभियानलाई व्यवस्थित गर्नका लागी नगरपालिका तत्पर रहेकाे छ । 

 

खाेप अभियानकाे सहजताका लागि नगरपालिकाबाट २ जना प्रतिनिधिहरूः बूढानीलकण्ठ स्वास्थ्य चाैकीमा ज.स्वा.अ. प्रतिमा खरेल र श्री करूणा अस्पतालमा ज.स्वा.अ. उपमा दहालकाे संयाेजकत्वमा खाेप लगाउनका लागी २/२ जना कार्यकर्ता, रेजिस्ट्रेसनका लागी ३/३ जना स्वयमसेवक, सुरक्षाका लागी ४/४ जना नेपाल प्रहरी र २/२ जना नगरप्रहरी खटाइने छ । 

 

पिउने पानी र झरीबाट बच्नका लागी पालकाे व्यवस्था गरिने छ। त्यसै गरी, आकस्मिक स्वास्थ्य समस्या आइपरेमा एम्बुलेन्सकाे समेतकाे व्यवस्था गरिएकाे छ । 

 

खोप समय

बिहान १०:०० बजे देखि दिउसो ४:०० बजेसम्म 

 

स्थान

१. वडा नं ०३, चपलि घुम्ति स्थित बूढानीलकण्ठ स्वास्थ्य चौकि 

२. वडा नं १३, घट्टगाँउ स्थित करुणा अस्पतालमा लगाईने महाशाखाले जानकारी दिएको छ ।

खोप लगाउन आउँदा पालनागर्नु पर्ने नियमहरुः

  • खोप लगाउन आउँदा पहिलो मात्रा खोप लगाएको कार्ड लिएर खोप केन्द्रमा आउनु पर्नेछ ।
  • खोप लगाउन आउँदा पाखुरा खोल्न मिल्ने गरी सजिला कपडा लगाएर आउनु पर्नेछ ।
  • खोप केन्द्रमा आउँदा अनिवार्य रुपमा मास्क लगाउने तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्नु पर्नेछ ।
  • निर्धारित समय भन्दा अगाडी विहानै आएर लाइनमा नबसिदिन हुन समेत अनुरोध गरिन्छ ।
  • मिति २०७८ / ०३/२४ गते (१ दिन) मात्र यस अघि पहिलो मात्राको भेरोसिल खोप लगाएका अन्य जोखिम समूहका छुट भएका (खोप कार्ड भएका) व्यक्तिहरुलाई मात्र उक्त दिन खोप लगाइने छ ।

थप जानकारीको लागिः 

प्रतिमा खरेल (ज.स्वा.अ): बूढानीलकण्ठ स्वास्थ्य चौकी, चपलि घुम्ती, वडा नं. ३ (९८४१३६५३८४)

उपमा दहाल (ज.स्वा.अ): करुण अस्पताल, घट्टगाउँ, चुनिखेल वडा नं १३ (९८४३६३१२२७)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय