बूढानीलकण्ठ, असार २० गते । बूढानीलकण्ठ नगरपालिकामा कोभिड -१९ विरुद्धको दोश्रो चरणको खोप अभियान भेरोसेल दोश्रो मात्रा खोप सञ्चालन हुन लागेको छ ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जिल्ला खोप समन्वय तथा अनुगमन समितिको निर्णय अनुसार दोश्रो चरणको कोभिड- १९ विरुद्धको खोप अभियान सञ्चालन हुन लागेको हो ।
खोप बिहान १०:०० बजे देखि दिउसो ४:०० बजेसम्म वडा नं ०३, चपलि घुम्ति स्थित बूढानीलकण्ठ स्वास्थ्य चौकि र वडा नं १३, घट्टगाँउ स्थित करुणा अस्पतालमा लगाईने महाशाखाले जानकारी दिएको छ ।
जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना हुने गरी लगाईने भएकोले आफुलाई पायक पर्ने खोप केन्द्रमा पहिलो मात्रा खोप लगाएको खोप कार्ड लिएर खोप लगाउन जानु हुन सम्बन्धित सबैमा महाशाखाले अनुरोध गरेको छ ।
खोप लगाउन आउँदा पालनागर्नु पर्ने नियमहरुः
• खोप लगाउन आउँदा पहिलो मात्रा खोप लगाएको कार्ड लिएर खोप केन्द्रमा आउनु पर्नेछ ।
• खोप लगाउन आउँदा पाखुरा खोल्न मिल्ने गरी सजिला कपडा लगाएर आउनु पर्नेछ ।
• खोप केन्द्रमा आउँदा अनिवार्य रुपमा मास्क लगाउने तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्नु पर्नेछ ।
• निर्धारित समय भन्दा अगाडी विहानै आएर लाइनमा नबसिदिन हुन समेत अनुरोध गरिन्छ ।
• मिति २०७८ / ०३/२४ गते (१ दिन) मात्र यस अघि पहिलो मात्राको भेरोसिल खोप लगाएका अन्य जोखिम समूहका छुट भएका (खोप कार्ड भएका) व्यक्तिहरुलाई मात्र उक्त दिन खोप लगाइने छ ।
थप जानकारीको लागिः
प्रतिमा खरेल (ज.स्वा.अ): बूढानीलकण्ठ स्वास्थ्य चौकी, चपलि घुम्ती, वडा नं. ३ (९८४१३६५३८४)
उपमा दहाल (ज.स्वा.अ): करुण अस्पताल, घट्टगाउँ, चुनिखेल वडा नं १३ (९८४३६३१२२७)