बूढानीलकण्ठ, असार १८ । बूढानीलकण्ठ नगरपालिकाकाे आठाैँ नगर सभा असार १८ गते सम्पन्न भएकाे छ । राष्ट्रिय गान, ज्ञात अज्ञात शहिदहरू तथा काेभिड १९ काे संक्रमण तथा अन्य कारणबाट दिवंगत हुन भएका सम्पूर्ण नगरबासीहरूमा श्रद्धन्जली सहित श्रद्दा सुमन व्यक्त गरेपश्चात नगरद्वारा कार्यक्रम सुरू गरिएकाे थियाे ।
यस बैठकमा राजस्व परामर्श समिति, सुशासन समिति, विधेयक समिति, लेखा समिति, पूर्वाधार विकास समिति, वातावरण तथा विपद् व्यवस्थापन समिति, आर्थिक विकास समिति र सामाजिक विकास समिति गरी जम्मा ८ वटा समितिद्वारा आवश्यक्ता सुधार संसाेधन समेत प्रस्तुत गरिएकाे प्रगति प्रतिवेदन सभामा छलफल भइ पारित भएकाे छ ।
यसका साथै, नगरपालिकाकाे आ.व. २०७८/०७९ काे निति तथा कार्यक्रम, असार ९ गते पेश गरिएकाे आर्थिक विधेयक, विनियाेजन विधेयक र आ.व. २०७८/०७९ काे अनुमानित आय व्यय पारित भएकाे छ ।
सभामा नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष, नगरसभा सदस्यहरू र सल्लाहकारहरू, नगरपालिकाका कर्मचारीहरू र पत्रकारहरूको उपस्थिति रहेकाे थियाे ।