बूढानीलकण्ठ, असार १७ गते । बूढानीलकण्ठ नगरपालिकामा कोभिड १९ विरुद्धको दोश्रो चरणको खोप अभियान भेरोसेल दोश्रो मात्रा खोप सञ्चालन हुन लागेको छ ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जिल्ला खोप समन्वय तथा अनुगमन समितिको निर्णय अनुसार दोश्रो चरणको कोभिड- १९ विरुद्धको खोप अभियान सञ्चालन हुन लागेको हो ।
यस अभियान अन्तर्गत जेष्ठ २५ देखि भेरोसेल खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरुलाई असार २२ गते देखि असार २४ गते सम्म भेरोसेल खोपको दोश्रो मात्रा लगाईने भएको छ ।
खोप बिहान १०:०० बजे देखि दिउसो ४:०० बजेसम्म वडा नं ०३ घुम्ति स्थित बूढानीलकण्ठ स्वास्थ्य चौकि र वडा नं १३ स्थित करुणा अस्पतालमा लगाईने नगरपालिका जनस्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।
जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना हुने गरी लगाईने भएकोले आफुलाई पायक पर्ने खोप केन्द्रमा पहिलो मात्रा खोप लगाएको खोप कार्ड लिएर खोप लगाउन जानु हुन सम्बन्धित सबैमा महाशाखाले अनुरोध गरेको छ ।