बूढानीलकण्ठ, असार १५ गते । बूढानीलकण्ठ नगरपालिकाले मनसुनजन्य विपद् बारे सतर्कता अपनाउन नगरवासी माझ अनुरुध गरेको छ ।
नगरपाालिका विपद व्यवस्थापन शाखा अनुसार बाढी पहिरो र अत्याधिक वर्षाको नजिकको सम्बन्ध हुने हुँदा अत्याधिक वर्षाले केही समयपछि नगरपालिकाका विभिन्न विपद जोखिम क्षेत्रमा पहिरोका साथसाथै बाढी पनि निम्त्याउन सक्ने अनुमान गरिएकोले सावधानि अपनाउन सर्व साधारणमा सार्वजनिक अनुरोध गरेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष मुलुक भरनै सरदर भन्दा बढी पानी पर्ने अनुमान गरिएको छ । देश भरी मनसुनी वायु सक्रिय रहेकोले देशका धेरैजसो स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि वर्षाको संभावना रहेको कारण अत्याधिक वर्षाले स-साना नदी तथा जलाधारमा पानीको बहाब बढ्ने र खोला किनारमा बसोबास गरेका बस्ती जोखिममा पर्ने सम्भावना देखिएको छ ।
प्रमुख रुपमा नगरपालिका क्षेत्र भरी नै खोला किनार क्षेत्र बाढी र डुबानमा पर्ने समस्या तथा भिरालो भुभागहरुमा पहिरो आउने गरेको देखिन्छ तसर्थ विपदबारे चासो राखौं र यसको सामना गर्न हामि सबै चनाखो बनौं” विपद व्यवस्थापन निरुक्षक विनोद पाठकले आव्हान गर्नु भयो “चट्याङको समयमा सकभर बाहिर ननिस्कने र बाहिर भए तुरुन्त घरभित्र पस्ने गरौं ” ।
विपद्को समयमा समन्वयका लागि निम्न मो.नं. मा सम्पर्क गर्नुहुन नगरपालिकाले अनुरोध गरेको छ ।
-विनोद पाठक (वातावरण तथा विपद व्यवस्थापन निरिक्षक): ९८४९५२५१६५
-वैकुण्ठ भण्डारी(वातावरण ईन्जिनियर): ९८५१२७८०००