बूढानीलकण्ठ नगरपालिकाले किसानहरुलाई फलफुलको विरुवा वितरण गरेको छ । नगरपालिका कृषि विकास शाखाले किसानहरुका माग अनुसार ५० प्रतिशत अनुदानमा बर्षे फलफुलका बिरुवाहरु वितरण गेरको हो ।

कृषि शाखाको “हिउँदे-बर्षे फलफुलका विरुवा वितरण” कार्यक्रम अन्तर्गत नगरपालिकाका किसानहरुलाई  बर्षे फलफुलका विरुवा ‘ड्रागन फल ७०० वोट, कागति ९५० बोट, मुन्तला २०० बोट र आवोगाडो १३५ बोट वितरण गरिएको छ ।

सोमबार एक कार्यक्रम मार्फत प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्कि द्वारा विरुवाहरु वितरण गर्न सुरु गरिएको थियो । उक्त वितरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कार्किले कृषि विकासमा किसानहरुको योगदानको कदर गर्दै उनिहरुको क्षमता र उत्पादनको स्तरोन्नतिको लागी नगरपालिकाले विभिन्न किसिमका कार्यक्रमहरु आयोजना हुन लागेको जानकारी दिनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय