बूढानीलकण्ठ असार १४ गते ।
बूढानीलकण्ठ नगरपालिकाको चुनीखेल स्वास्थ्य चौकिलाई जैन श्वेताम्बर तेरापन्थि महिला मण्डलले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
मंगलबार एक कार्यक्रम मार्फत उक्त संस्थाले वडा नं १३ स्थित स्वास्थ्य चौकि स्तरोन्नतिको लागी अक्सिजन सिलिन्डर सहित आवश्यक स्वास्थ्य सामाग्री वितरण गरेको हो ।
नगरपालिका प्रमुख उद्धव प्रसाद खरेल, वडा नं १३ अध्यक्ष श्री कृष्ठ श्रेष्ठ, जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दहालको उपस्थितिमा संस्था द्वारा अक्सिजन सिलिन्डर १० लिटर, अक्सिमिटर (Oxymeter) २ थान, २०० ओटा N-95 मास्क, स्यानिटाईजर १० लिटर, अक्सिमास्क (OxyMask) १० थान र अक्सिजन क्यानोला(OxygenCanola) २५ ओटा चुनीखेल स्वास्थ्य चौकिलाई वितरण गरेको थियो ।
जैन श्वेताम्बर तेरापन्थि महिला मण्डल महिला मण्डल अध्यक्ष प्रेमा नाहटा, उपाध्यक्ष अमिता नाहटा र संगिता बज्र, महासचिव संगिता लुमिना र दाता ललित नाहटा सहितको टोलिले नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै नगरपालिकाको समन्वयमा संस्थाले विगत देखि गरिरहेका साझेदारीको सहयोगलाई निरन्तरता स्वरुप यस कोभिड-१९ महामारीको समयमा स्वास्थ्य चौकिलाई आवश्यक सामाग्रीहरु वितरण गरिएको अध्यक्षले जानकारी दिनु भयो ।
तेरापन्थि महिला मण्डलले विगत देखि गर्दै आएका सहयोगहरुको सम्बोधन गर्दैँ नगर प्रमुख खरेलले नगरपालिकाको स्वास्थ्य क्षेत्रमा चासो राखी उक्त क्षेत्रको स्तरोन्नतिको लागी महिला मण्डलले गरेका यस किसिमको सहयोग प्रति नगरपालिका आभारी रहेको बताउनु भयो । उहाँले दुई संस्था बिचको सम्बन्ध भविष्यमा पनि यसरीनै अघि बढाउन आग्रह समेत गर्नु भयो ।