बूढानीलकण्ठ, असार १२ गते ।
नेपाल रेडक्रस सोसाईटिले बूढानीलकण्ठ नगरपालिकाको आईसोलेसन सेन्टरलाई सहयोग समाग्री दिएको छ । नगरपालिकाको वडा नं ०२ बाढेपाखा बि.एम.सि.ए स्थित आईसोलेसन सेन्टरमा प्रयोग हुने गरी नेपाल रेडक्रसले नगरप्रमुखको उपस्थितिमा मनोरञ्जन तथा सरसफाईका सामाग्री हस्तान्तरण गरेको हो ।
नगरपालिका र नेपाल रेडक्रस सोसाईटि, काठमाडौं जिल्ला शाखाको समन्वयमा सञ्चालन भईरहेको उत्थानशिल नगर प्रवर्द्धन र सहभागिता कार्यक्रम मार्फत कोभिड-१९ महामारीको संक्रमण जोखिम न्युनिकरण गर्ने उद्देश्यले नगरपालिकाको आईसोलेसन सेन्टरमा संक्रमितहरुका लागी स्पिकर १ थान, चेस बोर्ड १२ थान, गोटि ६ थान, स्कीपिङ डोरी १३ थान, व्याडमिन्टन २ थान, कक १२ ओटा र लुडो १२ ओटा हस्तान्तरण गरिएको छ ।
यस संगै सोही कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा सरसफाईका लागी प्रयोग हुने हार्पिक ३० लिटर, ‘ह्याण्ड वास’ Hand Wash १० लिटर, एसिड ७ लिटर र फिनेल १० लिटर दिईएको थियो ।
नेपाल रेडक्रस सोसाईटि, काठमाडौं जिल्ला शाखा कोषाध्यक्ष लक्ष्मीरत्न तुलाधर र जिल्ला कार्यक्रम संयोजक सारदा खतिवडाको उपस्थितिमा भएको समाग्री हस्तान्तरणमा नगर प्रमुख उद्दव प्रसाद खरेलले नेपाल रेडक्रसले गरेका सहयोग प्रति नगरपालिका निकै आभारी रहेको बताउँदै दुई संस्था बिचको साझेदारी यसरीनै कायम राख्न आग्रह गर्नु भयो ।