बूढानिलकण्ठ नगरपालिकालाई अपाङ्गमैत्री बनाउने प्रयासमा नगरपालिकाले रू. १,४६,५२,०००/- बराबरकाे रकम विनियाेजन गर्ने भएकाे छ । याे प्रथम आवधिक नगर विकास याेजना (२०७७/०७८ – २०८१/०८२) अन्तर्गत, अपाङ्गता भएका व्यक्तिहरूकाे विकासका लागी ५ वर्षकाे अवधीमा गरिने विभिन्न कार्यक्रम तथा क्रियाकलापहरूकाे अनुमानित लागत हाे ।
यस याेजना अन्तर्गत निम्न लक्ष्यहरू रहेका छन्ः
१. अपाङ्गता अधिकार सम्बन्धी अभिमुखिकरण कार्यक्रम – प्रत्यक आर्थिक बर्षमा १ एक पटक, ५ बर्षमा ५ एक पटक
२. अपाङ्गता भएका व्यक्तिहरूलाई क्षमता विकास कार्यक्रम (दृष्टि विहिन्को लागी गमनशिलत तालिम समेत) – प्रत्यक आर्थिक बर्षमा १ एक पटक, ५ बर्षमा ५ एक पटक
३. सिपविकास तालिम तथा व्यवसाय स्थापना खर्च – प्रत्यक आर्थिक बर्षमा १ एक पटक, ५ बर्षमा ५ एक पटक
४. बाैधिक अपाङ्ग तथा अटिजम भएका बालबालिकाहरुको लागी दिवा सेवा केन्द्र संचालन (अन्य संस्थासँगको साझेदारिमा गरिने) – प्रत्यक आर्थिक बर्षमा १ एक पटक, ५ बर्षमा ५ एक पटक
५. सहायक सामाग्री वितरण (अन्य संस्थासँगको साझेदारिमा गरिने) – पहिलो बर्ष ६५ , दोस्रो बर्ष १३, तेस्रो बर्ष १३, चौथो बर्ष १३ र पचौ बर्ष १३ गरी, ५ वर्षमा जम्मा ११७ थान
हाल यस नगरपालिकामा पूर्ण अशक्त सन्ख्या १२४ जना र अती-अशक्त १२६ जना गरी जम्मा २५० जना अपाङ्गता भएका व्यक्तिहरू रहनुभएकाे महिला, बालालिका तथा समाजकल्याण शाखाले. जानकारी गराउनु भएकाे छ ।
संविधानले अपाङ्ग भएको व्यक्तिको नगरिक, राजनैतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सहितकाे सम्मन्जनक जिवनयापनकाे अधिकारलाई सुनिश्चित गरेसँगै यस नगरपालिकाले उहाँरुकाे समाजिक सहभागिता र आयआर्जनकाे अवसरमा समान पहुँच, सुरक्षित समवेशी, रोजगारीकाे र पहुँचयाेग्य सार्वजनिक खुल्ला ठाँउ निर्माण जस्ता विषयलाई प्रथमिक्ता दिदैँ बूढानिलकण्ठलाई अपाङ्गमैत्री बनाउने पहल गरीरहेकाे छ ।