घरको कौसिमा प्लास्टिकको छानोले घेरिएको सानो कोठा जस्तै देखीने संरचना भित्र मलको मात्रा पुग्यो कि पुगेन??? ड्रमबाट पानी झर्यो कि झरेको छैन??? किरा मट्याङग्रा जालमा परेकि परेनन??? बोट विरुवा कत्तिको फस्टाईरहेछन्??? भन्ने कौतुहलतमा बूढानीलकण्ठ वडा नं ०८ निवासी राम कृष्ण थापा दैनिक बिहान र बेलुकाको समय आफ्नो कौसिमा व्यस्त देखिन्छन् ।
यता घर घृहिणि राजकुमारी बुढाथोकि आफुले रोपेका सिमि, गोलभेडा, साग, खुर्सानि ,करेला , काँक्रो लगायतका बोटहरुमा फलेको तरकारीहरु हेर्दै आनन्दित भएको देखिनुहुन्छ र आफ्नो परिवारलाई घरमै उत्पादित जैविक तरकारी पकाएर खुवाँउदा मनले सान्तवना पाएको महसुस भईरहेको बताँउनुहुन्छ ।
यो कथा हो बूढानीलकण्ठ नगरपालिका र ‘कौसि खेति उपभोक्ता’ विच समन्वयमा संचालन भईरहेको “थोपा सिचाईँ” कार्यक्रम अन्तर्गत कौसि खेतिको ।
‘कृषि’ अथवा ‘वालि’ भन्ना साथ जमिन अथवा कुनै खेति योग्य भुमिलाई बुझिन्छ । कैसि खेति भन्नाले खेती गर्ने जग्गा पर्याप्त नहुने सहरी क्षेत्रमा परिवारको दैनिक तरकारीको आवश्यकता पूर्ति गर्न आफ्नो घरको कैसिमा व्यवस्थापन गरि खेती गर्ने बुझिन्छ ।
आजभोलि यसको प्रचलन काठमाडौं लगायतका सहरमा बढ्दै गएको छ । यसबारेमा सरकारी कृषि अनुसन्धान निकायदेखि निजी क्षेत्रका व्यावसायिक संस्थाले नयाँ प्रविधि र सैलीको विकास गर्दै आएका छन् ।
बूढानीलकण्ठ नगरपालिकामा पनी यसको प्रवर्धन र विकास तिव्र गतिमा बढिरहेको छ । यसको प्रवर्धन गर्दै उपभोक्ताहरुलाई थप प्रोत्साहन गर्ने उद्देश्यले नगरपालिका कृषि विकास शाखाबाट आर्थिक बर्ष २०७७\७८ मा ‘थोपा सिचाँई’ कार्यक्रम आयोजना भएको थियो ।
कार्यक्रम अन्तर्गत कैसि खेति गर्न ईच्छुक उपभोक्ताहरुलाई ५० प्रतिशत अनुदानमा ‘ थोपा सिचाँई सेट’ को लागि चाहिने आवश्यक UV प्लास्टिक, पाईप , ड्रम, ग्रोव्याग(GrowBag) , जि.आई पाईप(GI Pipe), कोको पिट लगायत कम्पोष्ट विन(Compost Bin) वितरण गर्ने योजना बनाई माग अनुसारको निवेदन पेश गर्न अव्हान गर्यो ।
शाखामा आएका निवेदन अनुरुप उपभोक्ताहरुको क्षमता र सम्भावनाको अनुगमन पश्चात वडा नं ०८ बाट ०५ जना र वडा नं ०१ बाट १० जना चयन गरि १५ उपभोक्ताहरु संग समन्वय मार्फत आर्थिक बर्ष २०७७\७८ को पुष महिना देखि कार्यक्रम संचालन भएको थियो ।
उपभोक्ता मध्यका वडा नं ०८ निवासी रामकृष्ण थापा आफु कौसि खेति बारे अनविज्ञ भएको र यस कार्यक्रम मार्फत पाएको तालिम तथा कृषि प्राविधिकहरुको नियमित परामर्शले गर्दा यस विषयमा निकै ज्ञान बटुल्न पाएको बताँउनुहुन्छ । यसलाई अझ व्यवस्थित गर्दै लैजाने सोच बनाएको भन्दै नगरपालिकाबाट यस्तै प्रभावकारी कार्यक्रमहरु अझै संचालन भएमा कृषि विकासमा थप मद्दत हुने उनको विचार राखे।
कार्यक्रमबाट कौसि खेति गर्ने उपभोक्ताहरु निकै लाभान्वित भएको र यस अन्तरालको खेतिमा सन्तोषजनक तरकारीहरु उत्पादन भएको पाईएको कृषि विकास शाखा प्राविधिक रुपा लिम्बु बताँउनुहुन्छ ।
यो संगै नगरापलिकामा अन्य कौसि खेतिमा संलग्न किसानहरु प्रसस्त छन् । यसको व्यवस्थापन र दिगो विकासको लागी नगरपालिकाले विभिन्न योजना बनाईरहेको नगर प्रमुख उद्दव प्रसाद खरेलले जानकारी दिनु भएको छ ।