बूढानीलकण्ठ, असार ०४ गते । बुढानीलकण्ठ नगरपालिकामा कोरोना संक्रमित संख्या कम हुँदै आएको छ । पछिल्लो २४ घण्टामा नगरपालिकामा जम्मा २० जना (१५ जना महिला र ५ जना पुरुष) संक्रमित भेटिएको छ । जनस्वास्थ्य महाशाखा अनुसार कोभिड-१९ दोस्रो लहरको महामारी फैलिएदेखि अहिले सम्मको कम संख्यामा संक्रमितहरु भेटिएको हो ।

गत २४ घण्टाको प्राप्त प्रतिवेदन अनुसार कोरोनाबाट ३६ जना (२५ महिला र ११ पुरुष) निको भएको जनाइएको छ । हालसम्म संक्रमणबाट मुक्त हुने संख्या २,२४९ जना (महिला १,०८० जना र १,१६९ जना पुरुष) पुगेका छन् । यस अनुसार नगरपालिकामा कोरोनामुक्त हुने दर ९०.४३ प्रतिशत पुगेको छ।

हाल नगरपालिकामा कुल संक्रमित संख्या २,४८७( १,१९९ जना महिला र १,२८८ जना पुरुष) पुगेका छन् जसमध्य सकृय संक्रमित २१०(१०७ जना महिला र १०३ जना पुरुष) मात्र रहेको छ ।

सक्रिय रहेका संक्रमित मध्ये ८७ महिला र ८५ पुरुष गरि कुल १७२ जना सेल्फ होम आइसोलेसनमा रहेका छन्। त्यस्तै बाँकी रहेका संक्रमितमध्ये २० जना महिला र १८ जना पुरुष गरि कुल ३८ जना विभिन्न अस्पताल तथा आइसोलेसन केन्द्रहरुमा उपचाररत रहेका छन्।

पछिल्लो प्राप्त प्रतिवेदन अनुसार नगरपालिकामा मृत्यु दर्ता भएको छैन। तथापि नगरपालिकामा हालसम्म संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या २८ पुगिसकेको छ। नगरपालिकामा संक्रमणबाट मृत्यु हुने दर १.१३ प्रतिशत पुगेको छ।

गत २४ घण्टामा नगरपालिकामा ३८ जनाको एन्टिजेन परिक्षण गरिएको छ। १९ जना महिला र १९ जना पुरुष गरि कुल ३८ जनाको एन्टिजेन परिक्षण गरिएको छ जसना ४ जना महिला र १ जना पुरुष को नतिजा पोजिटिभ आएको छ।

संक्रमितहरुको वडागत विवरण

वडा नं १ मा शुन्य संक्रमण

वडा नं २ मा ३४, ४२, ५८ वर्षिया तीनजना महिला र ६२ वर्षिय एक पुरुषः ४

वडा नं ३ मा शुन्य संक्रमण

वडा नं ४ मा १२ वर्षिया एक महिलाः १

वडा नं ५ मा ५०, ५३ वर्षिया दुईजना महिलाः २

वडा नं ६ ४१ वर्षिया एक महिलाः १

वडा नं ७ मा शुन्य संक्रमण

वडा नं ८ मा ३१ वर्षिया एक महिलाः १

वडा नं ९  मा ३२ वर्षिया एक महिलाः ३

वडा नं १० मा ४०, ६३ वर्षिय दुईजना पुरुषः २

वडा नं ११ मा २८, ३३, ४७ वर्षिया तीनजना महिलाः ३

वडा नं १२ मा २७ वर्षिया एक महिला र ६, ३३ वर्षिय दुईजना पुरुषः ३

वडा नं १३ मा शुन्य संक्रमण

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय