बूढानीलकण्ठ, असार ०२ गते । बूढानीलकण्ठ नगरपालिका स्वास्थ्य महाशाखाबाट असार ०१ गतेको प्रतिवेदन अनुसार गत २४ घण्टामा कुल ३७ जना भाईरसमुक्त भएका छन् । नगरपालिकामा आज मात्र १८ महिला र १९ पुरुष गरी ३७ जना कोरोनाबाट मुक्त भएका हुन्।

आज निको भएर फर्किने व्यक्तिहरु सहित गरि महिला ९९० जना र १,०९० पुरुष गरि हालसम्म २,०८० जना कोरोना मुक्त भईसकेका छन्।  कोरोनामुक्त हुने दर ८६.३८ प्रतिशत पुगेको छ ।

हाल नगरपालिकामा ३०३ जना सक्रिय संक्रमित  छन् जसमध्ये १५७ जना महिला र १४६ जना पुरुष रहेको जनस्वास्थ्य महाशाखाले जनाएको छ ।

सक्रिय संक्रमित मध्ये २५१ जना सेल्फ होम आइसोलेसनमा रहेका छन् भने ५२ जना विभिन्न अस्पताल तथा आइसोलेसन केन्द्रहरुमा उपचाररत छन्।

नगरपालिकामा २४ घण्टाभित्र ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। महाशाखाको प्रतिवेदनमा २१ जना महिला र १९ जना पुरुषहरुमा संक्रमण पुष्टि भएको जनाइएको छ । आजको थप संक्रमित सहित गरि नगरपालिकामा कुल संक्रमित संख्या २,४०५ (१,१५६ जना महिला र १,२४९ जना पुरुष) पुगेको छ ।

त्यस्तै संक्रमणबाट मृत्यु हुने संख्या कुल २२ जना पुगेको छ।  गत २४ घण्टामा अस्पतालमा उपचाररत ९२ वर्षिय बृद्धको मृत्यु भएसँगै मृत्यु हुने संख्या १७ पुगेको हो । हाल नगरपालिकामा संक्रमणबाट मृत्यु हुने दर ०.९१़ प्रतिशत पुगेको छ।

हालसम्मको वडागत विवरणः 

वडा नं १ मा ३२ जना महिला र ४४ जना पुरुषः ७६

वडा नं २ मा ७९ महिला र ९४ जना पुरुषः १७३

वडा नं ३ मा ८६ जना महिला र ८७ जना पुरुषः १७३

वडा नं ४ मा ७१ जना महिला र ८० जना पुरुषः १५१

वडा नं ५ मा ३४ जना महिला र ३८ जना पुरुषः ७२

वडा नं ६ मा ६६ जना महिला र ७४ जना पुरुषः १४०

वडा नं ७ मा ५५ जना महिला र ५४ जना पुरुषः १०९

वडा नं ८ मा १३४ जना महिला र १४३ जना पुरुषः २७७

वडा नं ९ मा १२४ जना महिला र ११२ जना पुरुषः २३६

वडा नं १० मा २०५ जना महिला र २४१ जना पुरुषः ४४६

वडा नं ११ मा ११५ जना महिला र ११८ जना पुरुषः २३३

वडा नं १२ मा १२५ जना महिला र १३६ जना पुरुषः २६१

वडा नं १३ ३० जना महिला र २८ जना पुरुषः ५८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय