बूढानीलकण्ठ, असार १ गते ।   बूढानीलकण्ठ नगरपालिका जनस्वास्थ्य महाशाखाले खोप सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ ।

नगरपालिकाको ६०-६४ बर्ष उमेर समुहका व्यक्तिहरु लगायत स्वास्थ्यकर्मी र भेरोसेल दोस्रो मात्रा लगाएका व्यक्तिहरुलाई जेष्ठ २५ गते देखी जेष्ठ २९ गते सम्म संचालन गरी बाँकि रहेको भायल सहित प्रतिवेदन बुझाउन बागमति प्रदेश स्वास्थ्य कार्यालयको पत्रको आधारमा जनस्वास्थ्य महाशाखाले जेष्ठ ३१ गते खोप फिर्ता गरी प्रतिवेदन सार्वजनिक गरेको हो ।

महाशाखाको प्रतिवेदनमा नगरपालिकाको लागि जेष्ठ २५ गते भायल १९०० ओटा, जेष्ठ २६ गते १९०० र जेष्ठ २७ गते ५०० सहित जम्मा ४३०० ओटा भायल प्राप्त भएको जनाईएको छ ।

प्राप्त भएको भायलबाट जम्मा ४०६५ प्रयोग गरिएको र बिग्रिएको २५ ओटा बाहेक बाँकि २३५ फिर्ता गरिएको छ ।

कति जनाले लगाए खोप?

नगरपालिकामा जेष्ठ २५ गते देखी जेष्ठ २८ गते सम्मको विवरण अनुसार लक्षित वर्गिय उमेर समुह लगायत स्वास्थ्यकर्मी सहित  ४०४० (पुरुष १९८९, महिला २०५१)  जनाले भेरोसेल पहिलो मात्राको खोप लगाएका छन् ।

जसमध्य ६०-६४ बर्ष उमेर समुहका ३२६१ (१५८८ पुरुष, १६७३ महिला) जना , पहिला लगाउन छुटेका स्वास्थ्यकर्मि २८१ (१२९ पुरुष र १५२ महिला) र भेरोसेल दोस्रो मात्रा लगाउन छुटेका ४९८ (२७१ पुरुष र २२६ महिला) रहेको जनस्वास्थ्य महाशाखाले जनाएको छ ।

 

संकलित विवरणः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय