वर्षायाम अर्थात मनसुन लागेसँगै बूढानीलकण्ठ नगरपालिकाकाे विभिन्न क्ष्रत्रहरूमा मनसुनजन्य विपद र जाेखिमकाे सम्भावना रहेकाे छ । नगरप्रमुखकाे अध्यक्षतामा बसेकाे विपद व्यवस्थापन समितिकाे बैठकमा साे उपर छलफल गरि नगरपालिकाले मनसुनजन्य विपद र जाेखिम प्रतिकार्यकाे पूर्वतयारी कार्य सुरू गर्ने निर्णय भएकाे छ । 

मनसुनजन्य विपदबाट बच्नका लागि नगरपालिकाकाे जाेखिमयुक्त ठाँउहरूमा अषाढ १ गते देखि ३ महिनासम्मकाे लागि पूर्ण रूपमा डाेजर चलाउन बन्द गर्ने निर्णय गरेकाे छ । मनसुनजन्य विपद र जाेखिमबारे जानकारीमुलक सुचना प्रवाह गर्नका साथै विपत्तीकाे समयमा राहत तथा सहगाेग उपलब्ध गराउनका लागि सबै सराेकारवालाहरूसँग समवन्य गरि, जिम्मेवारी ताेकि सेवा प्रवाह गर्ने निर्णय भएकाे छ । यसका साथै, घटनाहरू भएकाे खण्डमा तत्काल द्रुत कार्य/सहयाेगका लागि वातावरण इन्जिनियर संयाेजक रहेकाे ५ सदस्यीय टाेली गठन गरिएकाे छ । 

सबै निर्णय उपरका जानकारीहरू छिट्टै नगरपालिका कार्यलय र वडा कार्यलयहरूबाट सार्वजनिक गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय