बूढानीलकण्ठ नगरपालिकमा अनलाईन सफ्टवेर बाट राजश्व संकलन तथा अनुगमन सुरु भएको छ। प्रदेश सरकार अन्तर्गत सहरी बिकास मंत्रालय द्वारा सुचारु भएको नमुना सफ्टवेरलाई परिमार्जन गरी  बूढानीलकण्ठ नगरपालिकामा  अनलाईन सफ्टवेर उपलब्ध गराएको हो।

सफ्टवेर सुचारू भए संगै राजस्व संकलन गर्न र वडाहरु बाट संकलन भएको राजस्वहरुको तथ्याङ्क अनुगमन गर्न सहज भईरहेको राजस्व शाखा प्रमुख अच्युत खड्काले जानकारी दिएका छन्। राजस्वको विभिन्न शिर्षकहरु छुट्टाउन र वडामा विबिध शीर्षकहरुबाट संकलन भएका डाटाको सटिक तथ्याङ्कहरु राजस्व शाखाले अनलाईन मार्फत अनुगमन गर्न उक्त सफ्टवेरले सहज गराएको खड्का बताउछन्। यस संगै सेवाग्राहि तथा कर दाताहरुको विवरणहरु संकलन गरी सेवाग्राहिहरुलाई कुनै पनि बेलामा उनिहरुले बुझाएको करको विवरण उपलब्ध गराउन सकिने व्यवस्थाको सुधार भएको छ।

नगरपालिकाको राजस्व शाखाले सफ्टवेर परिक्षण कमिटि गठन गरी विभिन्न सफ्टवेरहरुको जाँच गरे पश्चात राजस्व सम्बन्धी निति तथा ऐन अनुरुप रहेको सरल र सहज तरिकाको  सफ्टवेर छनैट गरेको थियो। नगरपालिकाको राजस्व संकलन कार्यलाई सरल बनाउन र सेवाग्राहीहरुलाई थप सुविधा प्रदान गर्न उक्त अनलाईन सफ्टवेर अजोज १५ गते बाट सुचारु गरिएको थियो।

बूढानीलकण्ठ नगरपालिकाको बार्षिक योजना २०७६/७७ अनुसार आन्तरिक तर्फबाट अनुमानित आय पच्चिस करोड पचास लाख(रु २५,५०,०००००/-) मध्य छ महिनाको अवधिमा पुष मसान्त सम्म पन्ध्र करोड सढ्चालिस लाख उनन्सत्तरी हजार  चार सय उनन्तिस (रु १३,४७,६९,४२९/-) संकलन गरेको छ।

शाखाले छ महिनाको अवधिमा ५२.८७ प्रतिसत राजस्व संकलन गरिसकेको छ र आर्थिक बर्षको अन्तिम सम्म अनुमानित आय पूर्ण रुपले संकलन हुने समिक्षा गरेको छ।

बूढानीलकण्ठ राजस्व शाखाको तथ्याङ्क अनुसार नगरमा मंसिर मसान्त सम्म विभिन्न शिर्षकहरुमा नगरपालिका कार्यलयबाट  रु.२८,६५९,९५५।१०/-, वडा नं १ बाट रु.३,०३१,३७५।१४/- , वडा नं २ बाट रु.५,२२१,२९०।०७/-, वडा नं ३ बाट रु.५,८६१,८२०।८१/- , वडा नं ४ बाट रु.३,६६९,०५२।०४/-, वडा नं ५ बाट रु.२,७३७,०५३।९०/-, वडा नं ६ बाट रु.३,६८३,९९५।३८/-, वडा नं ७ बाट रु.३,८१५,४९३।००/-, वडा नं ८ बाट रु.९,५४३,७८०।३८/-, वडा नं ९ बाट रु.९,०१५,७५६।२१/-, वडा नं १० बाट रु.११,१०७,९५४।९९/-, वडा नं ११ बाट रु.५,८६४,८५१।७७/-, वडा नं १२ बाट रु.६,०६०,३२६।५५/-, वडा नं १३ बाट रु.२,३३०,९६३।३३/- संकलन भएको छ। जस्मा वडा नं ९ बाट सबै भन्दा बढि राजस्व संकलन भएको छ भने न्युनतम आय संकलन वडा नं १३ बाट भएको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय