बूढानीलकण्ठ, ज्येष्ठ २८ । बूढानीलकण्ठ नगरपालिकामा आज लक्षित उमेरका व्यक्तिहरुलाई खोप लगाईदैँ छ । खोपको अभावका कारण ज्येष्ठ २७ गते स्थगित भएको खोप कार्यक्रम ज्येष्ठ २८ गते पुनः सञ्चालनमा आएको हो ।
नगरपालिकामा ६०-६४ बर्ष उमेर समुहलाई ज्येष्ठ २५ गते देखि ज्येष्ठ २७ गते सम्म लगाईने भनिएको चाईनिज भेरोसेल (पहिलो मात्रा) खोप कार्यक्रम कारणवश ज्येष्ठ २७ गतेको दिन स्थगित हुन गएकोले जनस्वास्थ्य महाशाखाको अनुरोधबाट सिमित मात्रामा लक्षित उमेर समुहलाई मात्र खोप लगाउन आज पुनः सञ्चालनमा ल्याएको महाशाखा प्रमुख कुमार प्रसाद दहालले जानकारी दिनु भयो ।
खोप केन्द्रहरुमा लक्षित उमेरका बाहेक अन्य व्यक्तिहरु उपस्थित नभईदिनुहुन महाशाखाले अनुरोध गरेको छ ।
खोप कार्यक्रम श्री गणेश मा.वि. -०२, नेसनल आईडियल बोर्डिङ स्कुल-०९ र बालउद्दार मा.वि.-१० मा बिहान ११ बजे देखि बेलुका ४ बजे सम्म सञ्चालन भईरहेको छ ।