बूढानीलकण्ठ, जेष्ठ २७ ।  नगरपालिका जनस्वास्थ्य महाशाखाले खोप अभियान सुरु गर्ने सुचना निकालेको छ ।

नगरपालिकाको मिति २०७८/०२/२६ को सूचना अनुसार मिति २०७८/०२/२७ गतेको खोप कार्यक्रम स्थगित गरिएकोमा जिल्ला स्वास्थ्य कार्यलयबाट सिमित मात्रामा मात्र खोप प्राप्त हुन आएकोले पूर्व निधारीत ६० बर्ष देखि ६४ वर्ष उमेर समूहका यस बूढानीलकण्ठ नगरपालिकाका नगरबासीहरुलाई २०७८/०२/२८ गते विहान ११:०० बजे देखि दिउँसो ३:०० बजेसम्म मात्र सिमित खोप लगाईने भएको छ ।

लक्षित उमेर समूहका व्यक्तिहरु मात्र खोप केन्द्रमा उमेर खुल्ने सरकारी कागजात लिई आफ्नो पायक पर्ने खोप केन्द्रमा उपस्थित भई दिनुहुन र लक्षित समूह बाहेकका व्यक्तिहहरु खोप केन्द्रमा उपस्थित नभई दिनुहुन जनस्वास्थ्य महाशाखाले  अपिल गरेको छ ।

 

खोप केन्द्रहरु:

१. बालउद्धार मा.वि, कपन १०, बेख २. गणेश मा.वि, बू.न.पा २. गणेश मा.वि. -०२ ,गणेश चोक

 

नोट: सो दिनको खोप कार्यक्रममा दोस्रो डोज छुट भएका व्यक्तिहरु, स्वास्थ्यकर्मीहरु र अन्य उमेर समूहका कुनै पनि व्यक्तिहरुलाई खोप नलगाईने भएकोले खोप केन्द्रमा उपस्थित नहुन महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय