बूढानीलकण्ठ, ज्येष्ठ २७ । बूढानीलकण्ठ नगरपालिकामा ज्येष्ठ २५ गते बाट सुरु भएको खोप अभियानबाट ६०-६४ बर्ष उमेरका ३१७७ जनाले खोप लगाएका छन् ।

नगरपालिकाको तिन खोप केन्द्रबाट प्रदान गरिएको खोपमा पहिलो दिन जेष्ठ २५ गते मात्र ७०३ महिला र ६७६ पुरुष गरी १३७९ जनाले लगाएइका थिए । त्यस्तै खोप अभियानको दोस्रो दिन जेष्ठ २६ गते ९३४ महिला र ८६४ पुरुष गरी कुल १७९८ जनाले खोप लगाईसकेका छन् ।

 खोप अभियान श्री गणेश मा.वि-०२, नेशनल आईडियल बोर्डिङ स्कुल -०९ र बालउद्दार मा.वि. -१० बाट सञ्चालन भएको थियो ।

नगरपालिकामा जेष्ठ २५ गते देखी २७ गते (३ दिन) सम्म बिहान ११ बजे देखी बेलुका ४ बजे सम्म सञ्चालन हुने भनिएको अभियान जिल्ला स्वास्थ्य कार्यालयको प्राप्त जानकारी अनुसार माग अनुसार खोप प्राप्त हुन नसक्ने भएकाले जेष्ठ २७ गतेको खोप कार्यक्रम हाललाई स्थगित गरिएको सुचना नगरपालिकाले प्रकाशन गरेको छ ।

खोपको माग आपुर्ति भए लगतै अभियान पुनः सञ्चालन गर्ने नगरपालिका जनस्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय