बूढानीलकण्ठ, ज्येष्ठ २६ ।  बूढानीलकण्ठ नगरपालिका अनुगमन समितिले वडा नं १३, सापाटार मा निर्माणाधिन टौखेल रातोमाटे देखि पुतलि डाँडा सम्मको सिडिँ (खुट्किला) को निरिक्षण गरेको छ ।

केहि दिन देखी सामाजिक सञ्जालमा बिकास निर्माणको कार्यमा लापरबाहि देखिएको खबर आईरहेकोले नगरपालिका अनुगमन समितिको ध्याकार्षण भए पछि समिति संयोजक उप प्रमुख रमादेवि राईको नेतृत्वमा प्राविधिक सहितको टोलि निरिक्षणमा निस्केको हो ।

प्राविधीक ई. बैकुण्ठ भण्डारी अनुसार उक्त योजनाको अनुगमन गर्दा सिँडिहरुमा प्राविधीक त्रुटि देखीएको र ढलान भएको केहि खण्डहरुमा योजनाको मापदण्ड पुरा नभएको पाईएको छ । योजनाको ३५ प्रतिशत काम अझै बाँकि रहेकोले त्रुटि देखीएका ठाँउहरुमा मर्मत गर्न प्राविधीक सल्लाह दिनुभयो ।

सार्वजनिक वनको करिव ५०० मिटर लामो बाटोमा सिँडि निर्माण गर्ने जिम्मा लिएको सापाटार टौखेल उपभोक्ता समितिलाई कमि कमजोरि देखीएका खण्डहरुमा आवश्यक मर्मत गर्न अनुगमन समिति संयोजक तथा उपप्रमुख रमादेवि राईले निर्देशन दिनुभएको छ । उहाँले योजनाको मापदण्ड पुरा नभएसम्म योजनाको भुक्तानि दिन नगरपालिका असमर्थ रहने जानकारी समेत दिनुभयो ।

सिँडि निर्माणको लागि उपभोक्ता समितिले नगरपालिकाको विनियोजित बजेट २५ लाखमा जिम्मा लिएको थियो ।

“अनुगमन समितिको निरिक्षण पश्चात निर्माण कार्यमा केहि कमिकमजोरी देखीएको जरुर हो त्यो हामिले अनुगमनबाट पनि पत्ता लगायौँ तर    जसरी समाजिक सञ्जालहरुमा नगरपालिकाको बजेट अनावश्यक रुपमा खर्चियो भन्ने खबरहरु आएका छन् त्यो गलत हो” अनुगमन समिति सदस्य राजेन्द्र श्रेष्ठले बताउनुभयो, “किन भने यस योजना सम्पन्न हुन अझै कामहरु बाँकि छ र स्थानीय सरकारको नियम अनुसार योजना मापदण्ड अनुसार सम्पन्न नभएसम्म भुक्तानि लिने प्रावधान छैन ” ।

उपभोक्ता समिति अध्यक्ष सुरेश नगरकोटिका अनुसार अहिलेको परिस्थितिका कारण उक्त निर्माण कार्यमा कमि कमजोरी आएको स्विकार गर्दै नगरपालिकाको निर्देशन अनुसार निर्माण प्रकृयामा सुधार गरी मापदण्ड अनुसारनै योजना सम्पन्न गर्ने प्रतिवद्दता दिनु भयो ।

बूधबार भएको अनुगमनमा उपप्रमुख रमा देवि राई , अनुगमन समिति सदस्य राजेन्द्र श्रेष्ठ, योजना महाशाखा प्रमुख महेश पाठक, प्राविधिक ई. बैकुण्ठ भण्डारी, प्राविधीक ई. सौरव लामिछाने लगायतको उपस्थिति थियो ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय