बुढानीलकण्ठ नगरपालिकाको दक्षिणि भुभागमा अवस्थित साबिक बूढानीलकण्ठ गा.वि.स वडा नं ४,५ र ६ समावेश गरिएर स्थापना भएको वडा नं ०४ मा सडक स्तरोन्नतीको काम तिव्र रुपमा हुदैँ छ । नगरपालिकाको कुल क्षेत्रफल मध्य १.९७ वर्ग कि.मि क्षेत्रफलमा रहेको वडा नं ०४ मा स्थानीय तहको स्थापना भए संगै विकास निर्माणको कामहरु द्रुत रुपमा बढिरहेको हो ।
हालै वडा नं ०४ को वडा कार्यालय भवन देखि कपुर चोक हुँदै गोर्खालि पुल सम्मको बाटोमा ढलको समस्या, हिलो, खाल्डो जस्ता कारणले अव्यवस्थित रहेको सडक कालोपत्रे गरिएको छ ।
करिव आधा दशक देखी अव्यवस्थित रहेको यस मार्गमा स्थानीय निकाय र टोलवासीहरुको पहलबाट १.५ कि.मि. सडक कालोपत्रे भएको हो ।
सडक कालोपत्रे भए संगै उक्त मार्गमा रहेका गोल्डेन चोक, कपुर चोक ,नयाँ वस्तिको करिव ३०० घरका टोलवासी लगायत आम वडावासीहरुनै यसबाट लाभान्वित भएको वडा अध्यक्ष राजु खड्का बताउँनुहुन्छ ।
सडक स्तरोन्नतिको लागि वडाको पहलमा काठमाडौं उपत्यका विकास प्राधीकरणबाट वडा नं ०६, ०७ र ०४ को सडक विकास परियोजना अन्तर्गतको टेण्डरबाट सम्पन्न भएको उहाँले जानकारी दिनु भयो ।
यस संगै सोहि अन्तरालमा मध्य पासिकोट स्थित शिव मन्दिर देखि थापा गाँउ सम्म जोड्ने ३५० मिटर लामो बाटो पनि कालोपत्रे भएको छ ।
विष्णुमति खोलाको डिलमा रहेको उक्त बाटोको पनि अवस्था उस्तै रहेकोले थापा गाँउ, खड्का गाँउ र माथिल्लो पासीकोटका लगभग ८० घर लाभान्वित हुने गरी कालोपत्रे योजना सम्पन्न भएको हो । यस मार्गले पासिकोट देखी वडा नं ०५ मिलन चोक हुँदै नारायाणस्थान बजार सम्म पुग्ने छोटो दुरीको बाटोमा सहज बनाएको स्थानीयको बुझाई छ ।
बाटोको कालोपत्रे र आवश्यक खण्डमा ढल व्यवस्थापनको लागी नगरपालिकाको आर्थिक वर्ष २०७७\७८ मा विनियोजित ५० लाख रकम बाट सम्पन्न भएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।