बूढानीलकण्ठ, जेष्ठ २३ । 

 

नेपाल खेलकुद महासंघकाे विशेष राष्ट्रिय अभियान अन्तर्गत बूढानीलकण्ठ नगरपालिका भित्रका संचारकर्मीहरूला स्वास्थ्य सामाग्री वितरण गरिएकाे छ । बूनपा-१०, ह्यान्डबल मैदान स्थित सम्पन्न भएकाे यस कार्यक्रममा नगर प्रवक्ता एंव बूनपा. १० वडा अध्यक्ष नवराज भट्टराइले सम्पूर्ण पत्रकारहरूलाइ स-धन्यवाद स्वास्थ सामाग्री वितरण गरेका छन । 

सामाग्रीकाे विवरणः

१. मास्क- १ बट्टा

२. सेनिटाईजर- १ थान

३. फेस सिल्ड- १ थान

देशभर कोभिड- १९ काे आक्रान्त छाएकाे अवस्थामा ‘कोभिड नो-भिड’ काे नाराका साथ नेपाल खेलकुद महासंघले याे विशेष राष्ट्रिय अभियान संचालन गरेकाे छ । यस अन्तर्गत, फ्रन्टलाइनमा सेवा प्रदान गर्दै आएका नेपाल प्रगरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा पत्रकारहरुलाई स्वास्थ्य सामग्री बितरण गर्दै छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय