बूढानीलकण्ठ, जेष्ठ २१ । आर्थिक वर्ष २०७८/०७९ काे याेजना तथा विकास कार्यमा सहभागी हुनका लागि नगरवासी तथा सराेकारवालाहरूले यहि जेष्ठ ३० गते भित्र सम्बन्धित वडा कार्यालय, नगर कार्यपालिकाकाे कार्यालय र इमेल ठेगाना ([email protected]) मार्फत आफ्नाे लिखित याेजना पठाउनु हुन नगरपालिकाले अनुरोध गरेको छ । 

कोभिङ-१९ को संक्रमण जाखिमको कारण नेपाल सरकारको देशव्यापी निषेध्याज्ञा घोषणा गरेको अवस्थामा वडाहरुबाट साविकमा झैं सहज रुपमा नीति, कार्यक्रम, योजना तथा बजेट तर्जुमा गर्ने कार्य सम्भव नहुने भएकाले नगरपालिकाले ‘डिजिटल प्ल्याटफर्म’ बाट योजना संकलन गर्न लागेको हो ।

नगरपालिकाको समान एंव आवश्यक विकास कार्यका लागि नगरबासी तथा सराेकारवालाहरूकाे सहभागीता निकै महत्वपूर्ण भएकाेले आफ्नो टोल वस्तिहरुको लागि तर्जुमा गर्नुपर्ने नीति, कार्यक्रम, योजनाको नाम, आवश्यक बजेट तथा कार्यक्रमको औचित्यता लिखित रुपमा पेश गरी वार्षिक याेजना तर्जुमामा सहभागी हुनका लागि नगरप्रमुख उद्धव प्रसाद खरेलले सम्पूर्णमा अपिल गर्नु भएको छ ।

प्रमुख खरेलले नगरपालिकाबाट हालसम्म हुदैँ आएको कार्यहरुको विषयमा नगरवासीको सल्लाह तथा सुझाबहरु समेत अपेक्षा राखेको बताँउनु भएको छ ।

महामारीका कारण यस वर्षको योजना संकलन प्रक्रियामा केही परिवर्तन हुन गएकोमा नगर कार्यपालिकाले सरोकारवालाहरुलाई आवश्यक समन्वय गरिदिनुहुन अनुरोध गर्दै ‘डिजिटल’ माध्यम बाट योजनाहरु पेश गर्दा केही समस्या भएमा सम्बन्धित वडा अथवा नगर कार्यपालिकाको कार्यालयमा सम्पर्क गर्नुहुन प्रशासकिय अधिकृत जयराम गजुरेलले जानकारी दिनुभएको छ ।  

आफ्नाे टाेल बस्तीहरूकाे याेजनाका पठाउदा के के खुलाउन पर्छ ?

१. तर्जुमा गर्नुपर्ने निति, कार्यक्रम

२. याेजनाकाे नाम

३. आवश्यक बजेट

४. कार्यक्रमकाे औचित्यता 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय