कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निशेधाज्ञाकाे आदेश बमाेजिम बूढानीलकण्ठ नगरपालिकाले जेष्ठ ३१ सम्म लकडाउन थप गर्ने सुचना जारी गरेकाे छ । 

यस अवधिभरः

१. अत्यावश्यक बाहेक अन्य सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनमा नगरभित्र प्रवेश रोक लगाईएको छ ।

२. अत्यावश्यक कार्य जस्तै मृत्यु संस्कार, बिरामी तथा कुरुवा, सुरक्षा गार्डहरुले परिचय खुल्ने गरी वडा, तथा जिल्ला प्रशासन कार्यालयबाट सिफारीस अनुसार ब्यानर वा प्रिन्टमा विषय उल्लेख गरी राति ०९:०० बजे देखि बिहान ०९:०० बजे सम्म न्यूनतम संख्यामा संचालन गर्न पाईनेछ ।

३. सार्वजनिक तथा निजी विकास निर्माणका कार्यहरु स्थगित गरिएको छ साथै सामाग्री ढुवानीमा पनी रोक लगाईएको छ ।

४. अत्यावश्यक खाद्य सामाग्रीहरु संबन्धि व्यवसाय बिहानको ६ बजे देखि ९ बजे सम्म मात्र सञ्चालन गर्न पाईने छ ।

५. तोकिएको तरकारी बजार बाहेक गाडा ,साईकल लगायतमा तरकारी र फलफुल बेच्न पाईने छैन ।

६. औषधी तथा स्वास्थ्य सामाग्री सम्बन्धि पसल जुनसुकै समय निर्वाध रुपमा संचालन गर्न पाइने ।

७. सर्वसाधरणको आवतजावतको हकमा औषधी खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन नपाउने । Morning Walk र Evening Walk जस्ता कार्य बन्द गर्ने । घरमा बस्दा अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्ने ।

८. सभा सम्मेलनको हकमा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, सेमिनार, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल सपिङ मल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, हेल्थक्लब फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालयमा मानिसहरुको भिडभाड हुने र अन्य सबै प्रकारका कार्यक्रम रोक लगाईएको छ ।

९. विवाह व्रतबन्धको हकमा बढीमा ७ जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी आफ्नो घर वा बसेको स्थानमा मात्र गर्ने । होटल तथा पार्टी प्यालेसमा गर्न नपाउने । बेहुला बेहुली समेत एउटामात्र वटा सवारी साधन प्रयोग गर्ने गरी बयानरका आधारमा आवतजावत गर्न पाउने ।

१०. पुजारीबाट हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु संचालन गर्न पाईने छैन ।

नगरपालिकामा यस आदेशको अवज्ञा गर्नेलाई कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश सम्बन्धमा जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार कारवाही हुने छ । कुनै पनि व्यक्ति / संघ संस्था / पेशाकर्मी / व्यवसायीहरुले अध्यादेशको अवज्ञा गरेमा एक वर्ष सम्म कैद सजाय र पाँच लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।

मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटक पिच्छे एक सय रुपैयाँ, मानिसको आवतजावत रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा सो को उलंघन गरेमा पटकै पिच्छे दुई सय रुपैयाँ , सवारी साधन पाश बिनाको सवारि साधन आवतजावत गरेमा दुई पाङग्रे सवारी साधन भए दुई हजार रुपैयाँ र अन्य सवारी साधन भएमा पाँच हजार रुपैया तत्कालै सुरक्षाकर्मीले नियन्त्रणमा लिई जरिवाना गर्नेछन् ।

कोभिड १९ बाट आफू र अरुलाई पनि बचाउन दुई व्यक्ति बीच कम्तीमा २ मिटरको भौतिक दुरी कायम राख्नौ, अनिवार्य रुपले मास्कको प्रयोग गरौं, पटक पटक साबुन पानीले हात धुने र सेनिटाइजरको प्रयोग गर्ने गरौं र अनावश्यक भिडभाडमा नजाऔं ।

घरमै बसौ, आफु पनी बचौ र अरुलाई पनी बचाऔ ।

विस्तृत जानकारीकाे लागि कृपया दिइएकाे लिङ्कमा थिच्नुहाेला ।

Link: Click here

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय