बूढानीलकण्ठ नगरपालिका वडा नं ३ वडा अध्यक्ष बालकृष्ण श्रेष्ठको पहलमा बूढानीलकण्ठ नगरपालिकाभित्रका स्वास्थ्य केन्द्रहरुमा ८ थान अक्सिजन कन्सन्ट्रेटर वितरण गर्नुभएको छ ।
बू.न.पा वडा २ को बि.एम.सि.ए स्कूलमा रहेको आइसोलेसन केन्द्रका लागि दुईवटा, बू.न.पा ३ मा रहेको स्वास्थ्य चौकीका लागि दुईवटा, बूढानीलकण्ठ नगर अस्पतालमा रहेको अस्तायी ओपिडी सेवा केन्द्रका लागि दुईवटा, वडा नं ६ र ७ को स्वास्थ्य चौकीलाई एक-एक वटा, वडा नं १३ मा रहेको बर्थिङ्ग सेन्टरका लागि दुईवटा गरि जम्मा आठवटा अक्सिजन कन्सन्ट्रेटर अध्यक्ष श्रेष्ठले वितरण गर्नुभएको हो।
वडा नं ३ का अध्यक्ष श्रेष्ठद्वारा विभिन्न दाताहरु मार्फत संकलन गरिएकाे अक्सिजन कन्सन्ट्रेटर हाल काेभिड १९ बाट संक्रमित भइ स्वासप्रश्वासमा कठिनाई हुँदा उपचारका लागि अत्यावश्यक रहन्छ। सोहि आवश्यकताअनुरुप बिरामीहरुलाई आफ्नो नजिकै रहेका स्वास्थ्य केन्द्रहरुबाट नै उपचार गर्न सहज हुने हुँदा सो सामाग्रीहरु वितरण गरिएको श्रेष्ठ बताउनुहुन्छ ।
नोट: उपलब्ध श्रोत साधनको आकस्मिक सेवा आवश्यक रहेको खण्डमा आफ्नो नजिक रहेको स्वास्थ्य केन्द्र तथा वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिएको छ।