काेभिड शिल्ड खाेप अभियानबाट निस्केका फाेहाेरहरूलाइ अन्य स्वास्थ्य सेवा सम्बन्धी फाेहाेहरू व्यवस्थापन गर्ने मापदण्ड अपनाइ व्यवस्थापन गरिन्छ । दाेस्राे चरणकाे काेभिड शिल्ड खाेप अभियानबाट निस्केका स्वास्थ्य सेवा सम्बन्धी फाेहाेरहरूमा सिरिन्जहरू, भाएल (खाली शीशीहरू), खोप प्याकेजिंग र अन्य चिकित्सा फोहोरहरू जस्तै कपास, पन्जा आदि रहेका छन ।
जसमध्य, केही फाेहाेर जस्तै खोप प्याकेजिंग, पंजा, कपास आदिलाइ नगरपालिका आफैले व्यवस्थापन गरेकाे छ भने हिक्याफ ३६० ले जेष्ठ २० गते बूढानीलकण्ठ नगरपालिकाकाे खाेप अभियानबाट निस्केका सिरिन्जहरूलाइ संकलन गरि व्यवस्थापनका लागि लगेकाे छ ।
Health Care Foundation Nepal (HECAF) हिक्याफले विगद २ दशक भन्दा लामाे समयदेखि स्वास्थ्य सेवाबाट निक्लिने फोहोर व्यवस्थापन गर्दै आएकाे छ ।