बूढानीलकण्ठ, ज्येष्ठ १९ । बूढानीलकण्ठ नगरपालिका वडा नं १३ स्थित चुनिखेल स्वास्थ्य चौकिमा जनस्वास्थ्य महाशाखाले कोभिड-१९ ‘एन्टिजेन’ परिक्षण गर्न लागेको छ ।
रूघा- खोकी, जोरो, टाउको दुख्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखा परेका र सङ्क्रमित व्यक्तिहरुको नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुले नि: शुल्क परिक्षण गर्नुहुन वडा कार्यालयले अनुरोध गरेको छ ।
परिक्षण ज्येष्ठ २३ गते ११ बजे देखी ३ बजे देखि सुरुहुने कार्यालयले जानकारी दिएको छ ।