बूढानीलकण्ठ नगरपालिका वडा नं ०९ को गैरीगाँउमा खहरे खोलालाई व्यवस्थित गरि बाटोमा परिणत हुदैँ छ ।

काठमाडौं महानगरपालिका , धुम्बाराही तरकारी बजार देखी बूढानीकण्ठ नगरपालिका वडा नं ०९ गैरीगाँउ पुल सम्म जोड्ने बैकल्पिक मार्गको खहरे खोलामा ढल व्यवस्थापन गरी १५० मिटर ढलाने बाटो निर्माण हुन लागेको हो ।

“धुम्बाराही बाट मण्डिकाटार हुदैँ ‘गल्फुटार मेन रोड’ जोड्ने वडा नं ०९ को मुख्य सडक ‘मण्डिकाटार रोड’ मा मोटरहरुको चाप बढेकोले सडक जाम, दुर्घटना जस्ता विभिन्न समस्या उत्पन्न भईरहेको थियो” वडा नं ०९ कार्यबाहक अध्यक्ष सुमित्रा त्रीपाठी पाण्डेले बताउनुभयो “यसको बैकल्पिक मार्गको रुपमा रहेको ‘अकामा होटल देखि कंकटा मंन्दिर हुँदै गैरीगाँउ पुल सम्म’ जोड्ने बटोको अन्तिम खण्डमा खहरेखोला भएकोले उक्त खोलालाई व्यवस्थापन गरी बाटो निकासा गर्ने योजना बनेको हो “।

यस बाहेक उक्त खहरेखोला विगत धेरै बर्ष देखी अव्यवस्थित स्थितिमा रहेको र झाँडि, फोहोर, नालिको दुर्घन्धका कारण नजिक घर भएका स्थानीयहरुले विभिन्न गुनासो गर्दै आएका थिए । निकै समयदेखि मार्ग निकासा गर्ने प्रयासलाई सफल बनाउन वडा कार्यालयको समन्वयमा गैरीगाँउ उपभोक्ता समितिले जिम्मा लिएको छ ।

उपभोक्ता समिति सचिव अनुसार नगरपालिकाको आर्थिक बर्ष २०७७\७८ को विनियोजित बजेट २४ लाखमा सुरु भएको उक्त बाटोको करिव ६५ प्रतिशत काम भईसकेको छ । ढलान सम्पन्न गर्नको लागि आर्थिक बर्ष २०७८\७९ मा नगरपालिकाबाट २० लाख रुपैयाँ विनियोजन हुने प्रक्रियामा रहेको उहाँ बताँउनुहुन्छ ।

यस बाटो ढलान योजनाको लागी उपत्यका सडक विभागको ‘कपन मार्ग’ परियोजना अन्तर्गतको बजेटबाट बाटोको आवश्यक खण्डमा ‘रिटेनिङ्ग वाल’ लगाउने काम भएको छ । साथै काठमाडौं महानगरपालिका वडा नं ०३ र ०४ अध्यक्ष दिपक के.सी र मोहन बिष्टको पनि सहयोग रहेको त्रिपाठिले बताउनु भयो ।

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय