बूढानीलकण्ठ,  जेष्ठ १८ गते ।  

बूढानीलकण्ठ नगरपालिकामा जेष्ठ १८  गते मङ्गलबार ६८ जनामा कोभिड-१९ संक्रमण भएको पुष्टि भएको छ । जनस्वास्थ्य महाशाखाको दैनिक प्रतिवेदनमा संक्रमित मध्य ३५ जना महिला र ३३ जना पुरुष रहेको जनाइएको छ । 

नगरपालिकामा हाल सक्रिय संक्रमित १९८९ छन् । सक्रिय संक्रमित मध्य ३३५ जना होम आईसोलेसनमा छन् भने  २७ जना अस्पतालको आईसोलेसनमा भर्ना भएको अवस्था छ ।

नगरभित्र महामारी बढ्दो अवस्थामा रहेकोले निषेधाज्ञा अवधिभर जि.प्र.का.को आदेश पालना गरी सबैलाई स्वास्थ्य सम्बन्धी सुरक्षित मापदण्डहरु अपनाउन नगरपालिकाले अपिल गरेको छ ।

जेष्ठ १८ गते मङ्गलबारको वडागत विवरणः

वडा नं ०१ मा (२५, ४४, ५१ वर्षिय) ३ महिला र (१९, ३० वर्षिय) २ पुरुष,

वडा नं ०२ मा (५५ वर्षिया) १ महिला र (२४, २९ वर्षिय) २ पुरुष,

वडा नं ०३ मा (२०, २१, ४१, ६४ वर्षिया) ४ महिला,

वडा नं ०४ मा (१९ वर्षिय) २ पुरुष,

वडा नं ०५ मा (४७ वर्षिया) १ महिला र (२१, ३५, ४०, ५५ वर्षिया) ४ पुरूष,

वडा नं ०६ मा (२३, ४२ वर्षिया) २ महिला र (२३ वर्षिय) १ पुरुष,

वडा नं ०७ मा (४२ वर्षिया) १ महिला र (१८, ५३ वर्षिय) २ पुरुष,

वडा नं ०८ मा (२७, ३८, ३५, ४२, ६० वर्षिया) ५ महिला र (३७, ४०, ४२, ५३ वर्षिय) ४ पुरुष,

वडा नं ०९ मा (५ वर्षिया) १ महिला,

वडा नं १० मा (१८, २४, ३१, ३५, ३८, ४२, ४५, ५६, ६२, ८८ वर्षिया) १० महिला र (४०, ४३, ४५, ६३ वर्षिय) ४ पुरुष,

वडा नं ११ मा (३०, ४९, ७५ वर्षिया) ३ महिला र (३, २२, २९, ४३ वर्षिय) ४ पुरुष,

वडा नं १२ मा (१९ वर्षिया) १ महिला र (२४, २६, २७, ३१, ३५, ३७, ६७ वर्षिय) ७ पुरुष,

वडा नं १३ मा (२२, २७, ३३ वर्षिया) ३ महिला र (२२, ३३ वर्षिय) २ पुरुष। 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय