जेष्ठ १८, बूढानीलकण्ठ ।
बूढानीलकण्ठ नगरपालिका वडा नं. ०४ अन्तर्गत रहेका निजी कार्यालयहरुले जेष्ठ २१ सम्म संस्थाकाे विवरण उपलब्ध गराउन पर्ने छ । वडा कार्यालयको ईमेलः [email protected] मा तपशिल बमाेजिमकाे विवरण पठाउनु पर्नेछ ।
तपशिल
१. स्टेक रहेको संघ वा संस्थाको नाम र स्टेकहोल्डरको नाम
२. सम्पर्क नं
३. ईमेल आई डि
निजी कार्यालयहरूमा बैंक, बिमा, सहकारी संस्था, टोल सुधार समिति निर्माण व्यवसायी संघ, होटल व्यवसायी संघ लगायतका अन्य संघहरु तथा विभिन्न स्थानिय गुठियारहरुको तथा स्टेकहोल्डरहरु रहेका छन ।