
बूढानीलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेल टुपेकमा एक घर एक धारा याेजना अन्त्रगत खानेपानी उपलब्ध गराइएकाे छ । याे याेजना अन्तर्गत साविकको वडा नं. १ देखी ९ सम्म सबै उपभोक्ताहरुको घरघरमा खानेपानी पुगिसके तापनी साविकी वडा नं. ६ मा आशिंक र ७ मा पाइप लेआउटकाे काम बाँकी रहेकाे उपभोक्ता समितीले जानकारी गराउनु भएकाे छ ।
सुख्खा याममा विशेषत पर्याप्त खानेपानी आपूर्तिमा कमी हुने गरेकाेले खानेपानी योजना प्रारम्भ गर्न २०६७ सालमा चुनिखेल टुपेक खानेपानी सरसफाई तथा उपभोक्ता समिती गठन गरिएकाे हाे । तत्पश्चात, २०७१ साल चैत्र देखी बोरिङ्ग उत्खनन, फेन्सिङ्, रिजर्भ ट्याङ्की निर्माण, पाइपलाईन लेआउटकाे काम सूचारू भएकाे हाे । यस क्षेत्रमा बढ्दाे जनसंख्याले निम्त्याएकाे स्वच्छ पिउने पानीको अभावलाई परिपूर्ति गर्नकाे लागी २०७२ सालमा नयाँ बोरिङ्गको उत्खनन गरियाे।
यस याेजनाकाे हालसम्मकाे कूल लागत रू. ३,१०,२६,३०४/- रहेकाे छ भने ५७५ घरधुरीमा खानेपानी उपलब्ध भइरहेकाे छ । अहिले परिक्षण वितरणकाे रूपमा पानी बिहान ७ देखी ८ बजेसम्म घरघरमै वितरण भइरहेको छ । वडाबासीहरूलाई याे सेवा उपलब्ध गराउनका लागी प्रति घर रू. २०,३००/- महशूल रकम उठाइएकाे छ जसअन्तर्गत खन्ने र पुर्ने शुल्क, मर्मत, नियमित निरीक्षण र उपभोक्ता समितीकाे सदस्यता शुल्क पर्दछ ।
१३ नं वडा कार्यलयले सुरूवाती अवस्थामा बोरिङ्ग गरिएकाे स्थलसम्म सडक विस्तारका लागी सहयाेग गरेको र पछिल्लाे समयमा ट्रान्सफार्मरहरू प्रदान गरी सहयाेग गरेकाे छ । यसका साथै वडाबासीहरूसँग विवादित मामिलाहरूमा मध्यस्थको रूपमा काम गरी समन्वयमा समेत वडा कार्यालयको योगदान रहेको उपभोक्ता समितिको अधक्ष्यज्युले बताउनु भएकाे छ ।
पुर्ण क्षमतामा सिघ्र नै आयाेजना संचालन गर्न, आम उपभोक्ताहरुको खानेपानी महशुल न्युनतम गर्न र समयमा नै आयोजना सम्पन्न गरि भविष्यमा बढ्न सक्ने खानेपानीको माग र आपुर्तिकाे सन्तुलन मिलाउने योजना तयार पार्नका लागी धारा जडानकाे लागी शिघ्र नै आवेदन दिनुहुन उपभोक्ता समितीले आग्रह गरेकाे छ ।