बूढानीलकण्ठ, ज्येष्ठ १८ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ को कार्यालयमा आज जनस्वास्थ्य महाशाखाले कोभिड-१९ ‘एन्टिजेन’ परिक्षण गर्न लागेको छ ।
रूघा- खोकी, जोरो, टाउको दुख्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षण देखा परेका र सङ्क्रमित व्यक्तिहरुको नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुले नि: शुल्क परिक्षण गर्नुहुन वडा कार्यालयले अनुरोध गरेको छ ।
परिक्षण वडा १ को कार्यालय भवन, तौलुङ्मा दिउँसो २ बजे देखि सुरुहुने कार्यालयले जानकारी दिएको छ ।