बूढानीलकण्ठ, जेष्ठ १७ गते । बूढानीलकण्ठ नगरपालिका स्वास्थ्य महाशाखाबाट १७ जेष्ठको प्रतिवेदन अनुसार गत २४ घण्टामा ३८ जना भाईरसमुक्त भएका छन् । आज मात्र २५ जना महिला र १३ जना पुरुष गरि कुल ३८ जना कोरोनाबाट मुक्त भएका हुन्।

आज निको भएर फर्किने व्यक्तिहरु सहित गरि ७५६ महिला र ८२५ जना पुरुष गरि हालसम्म १,५८९ जना कोरोना मुक्त भइसकेका छन्।

यसरी हाल नगरपालिकामा ३२३ जना सक्रिय संक्रमित रहेका छन् जसमा १५२ जना महिला र १७१ जना पुरुष रहेका छन्।

सक्रिय संक्रमित मध्ये २९३ जना सेल्फ होम आइसोलेसनमा रहेका छन् भने ३० जना विभिन्न अस्पताल तथा आइसोलेसन केन्द्रहरुमा उपचाररत छन्।

नगरपालिकामा २४ घण्टाभित्र ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। महाशाखाको प्रतिवेदनमा ३१ जना महिला र ३३ जना पुरुषहरुमा संक्रमण पुष्टि भएको जनाइएको छ । आजको थप संक्रमित सहित गरि नगरपालिकामा कुल १,९२१ पुगेको छ।

त्यस्तै संक्रमणबाट मृत्यु हुने संख्या कुल १७ जना पुगेको छ। गत २४ घण्टामा थप दुईजनाको मृत्यु भएसँगै मृत्यु हुने संख्या १७ पुगेको हो। आज मात्र वडा नं ४ र ६ का गरि एक/एक जना महिला र पुरुष गरि तीनजनाको संक्रमणबाट मृत्यु भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा नगरपालिकाका २०६ जनाको कोभिड १९ एन्टिजेन परिक्षण गरिएको छ जसमा ८९ महिला र ११७ जना पुरुष रहेका छन्। जसमध्ये १७ महिला र १६ पुरुष गरि कुल ३३ जनाको नतिजा पोजिटिभ रहेको छ। हालसम्म नगरपालिकामा १,७४७ जनाको एन्टिजेन परिक्षण भइसकेको छ जसमध्ये ४२४ जनाको नतिजा पोजिटिभ रहेको छ।

 

जेष्ठ १७ गते (सोमबार)को वडागत विवरण:

वडा नं १ मा २४ वर्षिया एक पुरुष

वडा नं २ मा ३, २४, ३९, ४०, ४९, ६८ वर्षिया छजना महिला र १, २४, २६, ५३ वर्षिय चारजना पुरुष

वडा नं ३ मा ४३, ६९ वर्षिया दुईजना महिला र २५ वर्षिया एक पुरुष

वडा नं ४ मा ४१, ५४ वर्षिय दुईजना पुरुष

वडा नं ५ मा ५९, ७७ वर्षिया दुईजना महिला

वडा नं ६ मा ४८, ५०, ५५ तीनजना महिला र ३, ५२ वर्षिय दुईजना पुरुष

वडा नं ७ मा ७ वर्षिय एक पुरुष

वडा नं ८ मा २९, ३७, ५२, ६५ वर्षिया चारजना महिला र ६२ वर्षिय एक पुरुष

वडा नं ९ मा ११, ३९, ४६, ६० वर्षिया चारजना महिला र १६, ३६, ४५ तीनजना पुरुष

वडा नं १० मा २६, ३२, ५४ तीनजना महिला र ६, २८, ३२, ३४, ४२, ५३, ६५ वर्षिय सातजना पुरुष

वडा नं ११ मा १७ वर्षिया एक महिला र १९, २३, ३५, ४१, ८९ वर्षिय पाँचजना पुरुष

वडा नं १२ मा १४, १८, २५, ४३, ५३ वर्षिया पाँचजना महिला र २, ६, २३, २४, ५२ वर्षिय पाँचजना पुरुष

वडा नं १३ मा ३१ वर्षिया एक महिला र ६२ वर्षिय एक पुरुष

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय