बूढानीलकण्ठ जेष्ठ १४ । बूढानीलकण्ठ नगरपालिकाले कोभिड -१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशबारे नगरवासिहरुलाई अन्त्यन्त जरुरी सुचना प्रकाशन गरेको छ ।
नेपाल सरकारको निर्णयबाट अनुसार जारी गरिएको अध्यादेश पालना गर्न र गराउन हुन नगरभित्र रहेका सबै व्यक्ति/संघ संस्था पेशाकर्मी / व्यवसायी तथा आमनागरिकहरुलाई नगरपालिका प्रशासन महाशाखाले अनुरोध गरेको छ । यो आदेशको उल्लंघन गरेमा प्रचलित कानुन अनुसार कारवाही हुने व्यहोरा समेत जानकारीका लागि यो सूचना प्रकाशन गरिएको प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्किले बताउनु भएको छ ।
नगरवासिहरुको लागि बूढानीलकण्ठ नगरपालिकाको अत्यन्त जरुरी सूचना
काठमाडौं उपत्यकामा भेरियन्ट कोमिड- १९ महामारीको संक्रमण तीव्र रुपमा बढिरहेको हुँदा उक्त संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारको निर्णय, कोभिड -१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी मिति २०७८/०१/२१ को आदेशलाई मिति २०७८/०२/१४ गते बिहान ०१:०० बजेदेखि मिति २०७८ ०२/२० गते राती १२:०० बजेसम्म काठमाडौं जिल्लाभर लागू हुने गरी काठमाडौं जिल्ला प्रशासन कार्यालयले देहाय बमोजिमका आदेश जारी गरेको व्यहोरा सबैमा जानकारी गराइन्छ । यसका साथै बूढानीलकण्ठ नगरपालिकाले उक्त अवधिभर लागु हुने देहाय अनुसार निर्देशन पालना गर्न सबै नगरवासीलाई सूचित गराउछ । यो आदेशको पालना गर्न\गराउन सबै व्यक्ति/संघ संस्था पेशाकर्मी / व्यवसायी तथा आमनागरिकको कर्तव्य हुनेछ र यो आदेशको उल्लंघन गरेमा प्रचलित कानुन अनुसार कारवाही हुने व्यहोरा समेत सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
तपशिलः
१. सर्वसाधरणको आवतजावतको हकमा
क. औषधी खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको कामका साथै अत्यावश्यक सेवा लिनु पर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कने । Morning Walk र Evening Walk बन्द गर्ने ।
ख. दुई व्यक्ति बीच कम्तीमा २ मिटरको भौतिक बुरी कायम राख्ने ।
ग. अनिवार्य रुपले मास्कको प्रयोग गर्ने । पटक पटक साबुन पानीले हात धुने र सेनिटाइजरको प्रयोग गर्ने ।
२. सभा सम्मेलनको हकमा
क. सबै प्रकारमा सभा, सममेलन, गोष्ठी, सेमिनार, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल सपिङ मल, मनोरञ्जन स्थल, सैलून, ब्यूटी पार्लर, हेल्थक्लब फुटसल, जिमखाना, पुस्तकालय, संग्रहालयमा मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारमा कार्यक्रम सञ्चालन गर्न नपाइने ।
ख. विवाह व्रतबन्धको हकमा बढीमा ७ जनासम्म स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गरी आफ्नो घर वा बसेको स्थानमा मात्र गर्ने । होटल तथा पार्टी प्यालेसमा गर्न नपाउने ।
ग. विवाह वा व्रतबन्धको हकमा १ वटा सवारी साधन (बेहुला बेहुली समेत) प्रयोग गर्ने गरी बयानरका आधारमा आवतजावत गर्न पाउने ।
घ. पुजारीबाट हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु संचालन गर्न नपाइने ।
३. अत्यावश्यक कार्यमा सवारी आवागमन जिल्ला प्रशासन कार्यालयबाट हुने सहजीकरण
क.मृत्यु संस्कारमा लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति दिन पेश गर्नु पर्ने कागजातको हकमा मृत्यु संस्कारका लागि जानु पर्ने वा फर्किनु पर्ने अवस्थामा मृत्यु दर्ता प्रमाणपत्र या सम्बन्धित वडाम सिफारिस परिचय खुल्ने कागजातको प्रतिलिपी सहित निवेदन पेश गर्ने ।
ख. बिरामी तथा कुरुवाको हकमा काठमाडौं जिल्ला भित्रका बिरामी तथा कुरुवाको अस्पतालको भर्ना कार्ड वा रिपोर्ट कार्डको आधारमा १ जनाले आवतजावत गर्न पाउने र परिवारका सदस्य काठमाडौं बाहिर जानु पर्ने अवस्थामा बिरामीको रिपोर्ट/भर्ना कार्ड, परिचय खुल्ने कागजातको प्रतिलिपि सहित निवेदन पेश गर्ने ।
ग. सुरक्षा गार्डहरुको हकमा परिचय पत्र र पोशाक लगाएर ड्यूटी आवत जावत गर्न पाउने ।
४. सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनको हकमा
क. सार्वजनिक एवं निजी सवारी साधन सञ्चालनमा मिति २०७८/०२/१४ गते बिहान १ बजे देखि मिति २०७८/०२/२० गते राती १२:०० बजेसम्म यस नगरभित्र प्रवेशमा रोक लगाउने ।
ख. अत्यावश्यक सामाग्री बोकेका दुवानीका सवारि साधन, विरामी तथा कुरुवा १ जना एम्बुलेन्स स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन नगर भित्र प्रवेशमा रोक लगाउने ।
ग. तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ र सोको प्याकिङ सामाग्री, कुखुराको दाना, चल्ला र पशुपंक्षिजन्य पदार्थ, भेटनरी सम्बन्धी कार्य, ईन्धन, खाना पकाउने ग्यास, सरसफाईमा प्रयोग हुने साबुन / स्यानिटाइजर, प्रिन्ट तथा सरकारी छापाखाना लगायतका ढुवानी तथा यातायातका साधनमा ब्यानर वा प्रिन्टमा विषय उल्लेख गरी राति ०९:०० बजे देखि बिहान ०९:०० बजे सम्म न्यूनतम संख्यामा संचालन गर्न पाउने ।
घ. अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था, बिमा लगायतका कार्यालयहरुको सेवा प्रवाह स्थगन गर्ने ।
ङ. सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक, इन्टरनेट प्रदायक संस्था र NCELL का सवारीमा विहान ०९:३० बजे देखि १०:३० बजे सम्म र बेलुका ०५:०० बजे देखि ०६:०० बजे सम्म कार्यालयमा आवतजावतका लागि मात्र प्रयोग गर्ने गरी व्यवस्था मिलाउने ।
च. सार्वजनिक तथा निजी विकास निर्माणमा कार्य स्थगन गर्ने साथै सामाग्री ढुवानीका रोक लगाउने ।
५. औषधी तथा स्वास्थ्य सामाग्री सम्बन्धि पसल जुनसुकै समय निर्वाध रुपमा संचालन गर्न पाइने ।
६. अत्यावश्यक खाद्य सामाग्रीको हकमा
क. तरकारी, फलफूल, दूध डेरी मासु खानेपानी र ग्यास पसलहरु बिहान ९ बजेसम्म मात्र खुला गर्ने तथा किराना पसल, डिपार्टमेन्टल स्टोर लगायतका अन्य पसलहरु बन्द गर्ने । स्थानीय डुवानीका हकमा ९ बजेसम्म मात्र गर्ने ।
ख. तोकिएको तरकारी बजार बाहेक अन्य सार्वजनिक स्थल बाटोमा तरकारी तथा फलफूल विक्रि वितरण गर्न रोक लगाउने ।
७. पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको प्रेस पासका आधारमा आवतजावतमा सहजीकरण गर्ने ।
८. फुटपाथ तथा खुल्ला ठाँउ तथा ठेलागाडा वा साईकलमा संचालन हुने विभिन्न व्यापार व्यवसाय संचालन एवं कवाडि संकलन गर्न रोक लगाउने ।
९. उल्लेखित आदेशको अवज्ञा गर्नेलाई कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश २०७८ सम्बन्धमा मिति २०७८\०२\१० मा जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार कारवाही हुने ।
- कसैले देश बमोजिमको कुनै काम गर्न वाधा अवरोध सिर्जन गर्न नहुने । गरेमा एक वर्ष सम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
- यो अध्यादेश बमोजिम जारी भएको मापदण्डको पालना गर्नुपर्ने, पालना नगरेमा छ महिना सम्म कैद वा तिन लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।
- यो अध्यादेश बमोजिम दिइएको आदेश पालना गर्नुपर्ने कुनै व्यक्तिले उक्त आदेश उलंघन गरेमा एक लाख रुपैयासम्म र कुनै संस्थाले उलंघन गरेमा पाँच लाख रुपैयाँ सम्म प्रमुख जिल्ला अधिकारीबाट तत्काल जरिवाना हुन सक्ने ।
- मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा पटक पिच्छे एक सय रुपैयाँ, मानिसको आवतजावत रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा सो को उलंघन गरेमा पटकै पिच्छे दुई सय रुपैयाँ , सवारी साधनको आवतजावतमा रोक लगाएको अवस्थामा सम्बन्धित अधिकारीको अनुमति बिना वा सुरक्षाकर्मीलाई सूचना नदिई वा बिरामी ओसारपसार गर्ने अवस्थामा बाहेकमा सवारी साधन चलाएमा पटक पिच्छे दुई पाङग्रे सवारी साधन भए दुई हजार रुपैयाँ र अन्य सवारी साधन भएमा पाँच हजार रुपैया तत्कालै सुरक्षाकर्मीले जरिवाना गर्नेछन् । यस प्रकारको सवारी साधन सुरक्षाकमीले निश्चित समय सम्म नियन्त्रणमा लिनेछन् ।
- यस अध्यादेश विपरितको काम गर्ने संस्था वा व्यवसायलाई माथि उल्लेख भएको सजायको अतिरिक्त प्रमुख जिल्ला अधिकारीले छ महिना सम्मको लागि बन्द गर्न आदेश दिन सक्नेछ ।
तसर्थ कोभिड १९ बाट आफू र अरुलाई पनि बचाउन दुई व्यक्ति बीच कम्तीमा २ मिटरको भौतिक दुरी कायम राख्ने गरौं, अनिवार्य रुपले मास्कको प्रयोग गरौं पटक पटक साबुन पानीले हात धुने र सेनिटाइजरको प्रयोग गर्ने गरौं र अनावश्यक भिडभाडमा नजाऔं ।