बूढानीलकण्ठ ज्येष्ठ १४ गते ।

बूढानीलकण्ठ नगरपालिकामा कोभिड-१९(दोस्रो लहर) महामारीबाट निको हुने दर ८१.१८ प्रतिशत पुगेको छ ।

नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार हाल सम्म नगरपालिका भित्र ८२६ जना महिला र ९०५ जना पुरष गरी कुल १७३२ जनामा संक्रमण देखिएको  छ । जस मध्य (६१४ महिला र ७५४ पुरुष) १४०६ जना संक्रमणमुक्त भएका छन् ।

महाशाखाको दैनिक प्रतिवेदन अनुसार नगरपालिकामा सक्रिय संक्रमित ३१४ जना छन् । सक्रिय संक्रमित मध्य २५१ जना होम आईसोलेसनमा छन् भने  ३५ जना महिला र २८ जना पुरुष अस्पतालको आईसोलेसनमा भर्ना भएको अवस्था छ ।

हाल सम्मको कोभिड-१९ संक्रमण विवरणः

वडा नं ०१ मा १४ महिला र ३२ पुरुष,

वडा नं ०२ मा ५१ महिला र ६५ पुरुष,

वडा नं ०३ मा ५४ महिला र ५८ पुरुष,

वडा नं ०४ मा ६१ महिला र ५७ पुरुष,

वडा नं ०५ मा २७ महिला र २६ पुरुष

वडा नं ०६ मा ४६ महिला र ५४ पुरुष,

वडा नं ०७ मा ४८ महिला र ४५ पुरुष,

वडा नं ०८ मा ११३ महिला र ११३ पुरुष,

वडा नं ०९ मा १०१ महिला र १३ पुरुष,

वडा नं १० मा १५३ महिला र १८६  पुरुष,

वडा नं ११ मा ७१ महिला र ७५ पुरुष,

वडा नं १२ मा ७४ महिला र ९१ पुरुष र

वडा नं १३ मा १३ महिला र ९ पुरुष ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय