नगरपालिका भित्रकाे जन उद्धार मा.वि. र भद्रकाली मा.वि. मा अध्ययनरत विद्यार्थीहरू मध्यबाट विपन्न परिवारलाइ राहत वितरण गरिएकाे छ । यी दुबै विद्यालयहरूकाे व्यवस्थापन समितिसँगकाे सहकार्यमा CSN र SWAN Nepal ले SWAN बाट छात्रवृत्ति प्राप्त तथा अन्य विपन्न परिवारलाइ राहत वितरण गरेकाे हाे । चामल, चिउरा, दाल, तेल, नुन, मस्याैरा, चियापत्ति, चिनि र साबुन जस्ता दैनिक उपभाेगकाे सामानहरू रहेकाे छ । 

हाल सम्म १३० परिवारलाइ राहत वितरण भइसकेकाे छ भने श्री बालकुमारी आधारभूत विद्यालय मा जेष्ठ १४ गते, शुक्रबार १८७ परिवारलाइ राहत वितरण गर्ने याेजना रहेकाे छ । यसै क्रममा श्री नाैलिन मा.वि. र पञ्चकन्या मा. वि. मा समेत विद्यालय व्यवस्थापन समितिसँगकाे सहकार्यमा राहत वितरण गर्ने याेजना रहेकाे CSN का प्रतिनिधिले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय