बूढानीलकण्ठ नगरपालिका वडा नं १० को बालुवाखानी स्थित डिट्ठाचौरमा निर्माणाधिन नगर अस्पताल सँगै रहेको आइसोलेसन केन्द्रमा  जेष्ठ १० गतेबाट अस्थायी वहिरङ्ग (OPD) सेवा तथा परामर्श केन्द्र शुरु भएको छ।

उक्त परामर्श केन्द्र तथा बहिरङ्ग (OPD) मा ३ स्वास्थ्यकर्मी सहितको चिकित्सकिय सेवा सञ्चालनमा ल्याईएको छ।

कोभिड १९ रोगको विश्वव्यापी महामारीको कारणले गर्दा दिर्घ रोगहरु जस्तै मुटु तथा रक्तनलीका रोगहरु, मधुमेह, श्वास-प्रस्वास, दमको रोग तथा विभिन्न सरुवा रोगका स्वास्थ्य समस्याहरुका कारण निकै कष्टकर बनाइरहेको अवस्था रहेको छ।

बूढानीलकण्ठ नगरवासीहरुलाई सोहि समस्याहरुका निमित्त सहज तथा सुलभ सुविधा प्रदान गरिनका लागि चिकित्सक सहितको सेवा दिने अभिप्रायले स्थापना गरिएको नगर जनस्वास्थ्य महाशाखा प्रमुख कुमार प्रसाद दाहालले जानकारी दिनुभएको छ।

प्रमुख दाहालले तल उल्लेखित अतिआवश्यकीय सेवाको लाभ लिनका लागि नगरपालिका नगरवासीहरुमा हार्दिक अपिल गर्नुभएको छ।

उपलब्ध सेवाहरू:

१.सामान्य घाउ चोटपटक

२. आकस्मीक स्वास्थ्य सेवा

३. आँखा, नाक, कान, घाँटी तथा मुखको स्वास्थ्य सम्बन्धी आधारभूत

४. परिवार नियोजन सेवापोषण सम्बन्धी सेवा

५. नवजात शिशु तथा बालरोग व्यवस्थापन सेवा

६. सर्ने तथा नसर्ने रोग सम्बन्धी सेवा

७. प्रजनन तथा यौन रोग सम्बन्धी सेवा

८. मानसिक रोग सम्बन्धी परामर्श सेवा

कोभिड १९ रोग सम्बन्धी अति आवश्यक जानकारी तथा परामर्शका लागि निम्न मेडिकल अधिकृतहरुसंग सम्पर्क गर्नुहुन अनुरोध गरिन्छः

१. डा.अंकित पौडेल (मेडिकल अधिकृत)- ९८४९६४९६४४

२. डा. कौशल अधिकारी (मेडिकल अधिकृत)- ९८५१२०५७३६

३. डा. रस्मिता श्रेष्ठ (मेडिकल अधिकृत)-९८४०८२६३०२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय