बूढानीलकण्ठ नगरपालिकाको मुख्य पर्यटकिय क्षेत्र चिसेनिको बाटो स्तरोन्नति भएकोले गाउँमा पनि परिवर्तन आएको छ। बागमति प्रदेश सरकार र स्थानिय सरकारको सहकार्यमा भएको बाटो ढलान कार्यले चिसेनि क्षेत्रको सौन्दर्यतालाई थप उजागर गरेको छ।

स्थानिय सरकारको पहलमा प्रदेश सरकार बाट आर्थिक बर्ष २०७५/७६ मा बिनियोजित भएको पचास लाख बजेट बाट आईतबारे बन उपभोक्ता समितिले वडा नं ३ ठुलो गाउ र वडा नं ५ चिसेनिको सिमाना नजिकै आईतबारे पार्क गेट सम्मको २१५ मिटरको बाटो ढलान तथा आईतबारे पार्क गेट निर्माण गरेको हो। यस संगै उक्त उपभोक्ता समितिले प्रदेश सरकार अन्तरगतको योजना अनुसार आर्थिक बर्ष २०७५/७६ मा तिस लाख बजेटको लागतले चिसेनी सामुदायिक भवन देखी चिहान डाडा सम्मको २२८ मिटरको बाटो ढलान गरेको छ।

लामो समय देखि ग्रावेल मात्र गरेको अवस्थामा रहेको चिसेनी सामुदायिक भवन देखी चिसेनि हाईट सम्मको १९० मिटर बाटो चिसेनि बाटो निर्माण उपभोक्ता समितिले कुल लागत तिस लाख मा सक्काएको छ। जस्मा वडा नं ०५ बाट पन्ध्र लाख र स्थानिय तर्फ बाट बाकी पन्ध्र लाख सहयोग प्राप्त भएको ऊपभोक्ता समितिले जानकारी दिएको छ।

बाटो ढलान नहुदा स्थानियहरु बिभिन्न समस्याहरु खेप्नु परेको र सुविधाहरुबाट बञ्चित भएको गुनासोलाई सुनुवाई गर्ने हेतुले स्थानिय सरकारले बाटो स्तरोन्नतिको कार्यलाई द्रुत गतिमा लगेको थियो। बिगतमा बिरामीलाई अस्पताल लानु परेमा स्ट्रेचर बाट नारायणस्थान सम्म लानु पर्ने अवस्था भएको र अहिले बाटो राम्रो भए संगै एम्बुलेन्स गाउ सम्मै पुग्ने व्यवस्था रहेको स्थानिय अम्बिका तामाड बताउँछिन।

पर्यटकिय आकर्षण रहेको चिसेनिमा बाटोको अवस्था सुधार भए संगै उक्त क्षेत्रमा विभिन्न संरचनाहरुको निर्माण भईरहेको जानकारी वडा नं ५ अध्यक्ष बिजय तामाडले जानकारी दिएका छन्। आईतबारे पार्क , तामाङ संग्राहलय, बालबालिका पार्क, झोलुङ्गे पुल आदि जस्ता ठुला योजनाहरु को थालनी हुन लागेको र सामुदायिक भवन, पानी रीजर्व ट्याङ्कि, आईतबारे पार्क देखि गुम्बा जाने सिडिहरु, होमस्टे जस्ता विभिन्न योजनाहरु सम्पन्न भईसकेको तामाङले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय