बूढानीलकण्ठ नगर अस्पतालमा अस्थायी बहिरङ्गी (OPD) सेवा तथा परामर्श केन्द्र  सञ्चालनमा आएको छ । नगरपालिकाको वडा नं १०, डिठ्ठा चौर स्थित निर्माणाधिन नगर अस्पताल भवनमा व्यवस्थापन गरी जेष्ठ १० गते बाट निःशुल्क ओ.पि.डि. सेवा सुचारू भएको हो ।

हालै सुचारु भएको ओ.पी.डी. केन्द्रमा चिकित्सक डा. कौशल अधिकारी र डा.रस्मिता श्रेष्ठ लगायत हेल्थ असिस्टेन्ट(Paramedic) पार्वति रोकाया गरी ३ जनाको टोलिले सेवा प्रदान गरिरहनु भएको छ ।

“यस केन्द्र मार्फत दिर्घ रोगको आकस्मिक सेवा, सामान्य जोरो, रुघा-खोकि, मुटुरोग, मधुमेह, पोषण सम्बन्धि सेवा, मानसिक रेगको परामर्श तथा उपचार, परिवार नियोजन, दुर्घटनामा परेका घाईतेको ड्रेसिङ लगायत अन्य अस्पतालमा हुने सबै किसिमको ओ.पि.डि. सेवा पाईन्छ”, डा. कौशल अधिकारीले जानकारी दिनुभयो “अहिले कोरोना महामारीको स्थितिमा आवश्यक परे बिरामिको स्वास्थ्य समस्या अनुसार फोन मार्फत पनी परामर्श दिने गरी हामि सेवामा आएका हौँ”।

नगरपालिकाको निर्माणाधिन नगर अस्पताल भवनमा व्यवस्थापन गरी अस्थायी रुपमा OPD सेवा सुचारू गर्न नगरप्रमुखले जनस्वास्थ्य महाशाखालाई निर्देशन दिनुभएको थियो ।

सोहि निर्देशन अनुसार महाशाखाले अस्पताल हातामा रहेको आईसोलेसन सेन्टरको केहि भागलाई व्यवस्थित गरी जेष्ठ १० गते बाट OPD सेवा सञ्चालनमा ल्याएको हो ।

हाल देशभर कोरोना महामारीको दोस्रो लहरले निम्त्याएको निषेधाज्ञाको अवस्थामा नगरवासीहरुले स्वास्थ्य समस्या भएमा चेक-जाँच गरी औषधि तथा परामर्श लिन सहज हुने जनस्वास्थ्य महाशाखाले बताएको छ ।

सेवा निरन्तर जारी रहने र सेवा सम्पन्न नगर अस्पताल निर्माण भएपछि यसलाई थप व्यवस्थापन गरी सञ्चालनमा ल्याउने महाशाखाको उद्देश्य रहेको छ ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय