बूढानीलकण्ठ, जेष्ठ १० गते ।
बूढानीलकण्ठ नगरपालिकामा पछिल्लो २४ घण्टामा ४७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। २० जना महिला र २७ जना पुरुष गरि कुल ४७जना संक्रमित थपिएका हुन्। थपिएका संक्रमित सँगै नगरपालिकामा पुष्टि भएका कुल संक्रमित संख्या १,५७६ पुगेको छ। जसमध्ये ७५१ जना महिला र ५२५ पुरूष रहेका छन्।
त्यस्तै, पछिल्लो २४ घण्टामा जेष्ठ २ गते बाट शुरु गरिएको दोस्रो चरणको कोभिड १९ विरुद्धको खोप (भेरोसेल) सेवा कुल १०१५ जनाले प्राप्त गरेका छन् । खोप लगाउनेहरुमे ५०७ जना महिला र ५०८ जना पुरुष रहेका छन्। हालसम्म ५०८३ जना महिला र ५००० पुरुष गरि कुल १००८३ जनाले उक्त खोप लगाइसकेको तथ्याङ्क नगरपालिकाले प्रदान गरेको छ।
यसैगरि कोरोनाको संक्रमणबाट पछिल्लो २४ घण्टामा ३७ महिला र ४७ पुरुष गरि कुल ८४ जना कोरोनाबाट मुक्त भएका छन्। यसरी नगरपालिकामा कोरोना संक्रमित भइ निको हुनेको कुल संख्या ११०७ पुगेको छ जसमध्ये ५२१ महिला र ५८६ रहेको छ।
निको भएका बाहेक नगरपालिकामा हाल ११९७ जना कोरोना संक्रमित रहेका छन् जसमध्ये ५६४महिला र ६३३ पुरुष रहेका छन्।
सक्रिय रहेका संक्रमितहरुमध्ये सल्फ होम आइसोलेसनमा ३०७ जना रहेका छन्। अस्पताल तथा आइसोलेसन केन्द्रमा उपचाररत ६३ जना संक्रमितह रहेका छन्।
पछिल्लो २४ घण्टामा थप एक संक्रमितको मृत्यु भएको जनाइएको छ। वडा नं ६ बाट एक पुरूषकाे निधन भएको हो। काेभिडका कारण बूढानीलकण्ठमा हाल ९ जनाकाे मृत्यु भइसकेकाे छ।
पछिल्लो २४ घण्टामा पुष्टि भएका संक्रमितहरुको वडागत विवरणः
वडा नं ०१ मा (२७ वर्षिया) १ महिला र (४०, ५४ वर्षिय) २ पुरुष,
वडा नं ०२ मा (५३ वर्षिया) १ महिला,
वडा नं ०३ मा शुन्य सङ्क्रमित,
वडा नं ०४ मा शुन्य सङ्क्रमित,
वडा नं ०५ मा शुन्य सङ्क्रमित,
वडा नं ०६ मा (२५ वर्षिया) १ महिला र (४० वर्षिय) १ पुरुष,
वडा नं ०७ मा (५७ वर्षिया) १ महिला र (४३ वर्षिय) १ पुरुष,
वडा नं ०८ मा (१६, २७, ३२, ४९ वर्षिया) ४ महिला र (१०, २७, ३२, ४४, ७८ वर्षिय) ५ पुरुष,
वडा नं ०९ मा (११, ४१, ३७, ६९ वर्षिया) ४ महिला र (४०, ४०, ७५, ७७ वर्षिय) ४ पुरुष,
वडा नं १० मा (५२, ७०, ७९ वर्षिया) ३ महिला र (१९, २३, ४६, ५०, ६७, ७०, ७१ वर्षिय) ७ पुरुष,
वडा नं ११ मा (१६ वर्षिया) १ महिला र (३९, ६१ वर्षिय) २ पुरुष,
वडा नं १२ मा (३४ वर्षिया) १ महिला र (३२, ७९ वर्षिय) २ पुरुष,
वडा नं १३ मा (५, २८, ५३ वर्षिया) ३ महिला र (१०, २७, ५५ वर्षिय) ३ पुरुष।