बूढानीलकण्ठ, जेष्ठ ०९ गते ।
बूढानीलकण्ठ नगरपालिकामा पछिल्लो २४ घण्टामा ६३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। ३४ जना महिला र २९ जना पुरुष गरि कुल ६३ जना संक्रमित थपिएका हुन्। थपिएका संक्रमित सँगै नगरपालिकामा पुष्टि भएका कुल संक्रमित संख्या १,५२९ पुगेको छ। जसमध्ये ७३१ जना महिला र ७९८ रहेका छन्।
त्यस्तै काठमाण्डौँ उपत्यकामा जेष्ठ २ गते बाट शुरु गरिएको दोस्रो चरणको कोभिड १९ विरुद्धको खोप (भेरोसेल) को आज आठौँ दिन रहेको छ। आज नगरपालिकाका दुई स्थानमा गरि कुल ९७२ जनाले खोप प्राप्त गरेको नगरपालिकाले प्रदान गरेको प्रातिवेदनमा उल्लेख छ। खोप लगाउनेहरुमे ४९२ जना महिला र ४८० जना पुरुष रहेका छन्। हालसम्म ४५७६ जना महिला र ४४९२ पुरुष गरि कुल ९०६८ जनाले उक्त खोप लगाइसकेको तथ्याङ्क नगरपालिकाले प्रदान गरेको छ।
यसैगरि कोरोनाको संक्रमणबाट पछिल्लो २४ घण्टामा ३७ महिला र ४७ पुरुष गरि कुल ८४ जना कोरोनाबाट मुक्त भएका छन्। यसरी नगरपालिकामा कोरोना संक्रमित भइ निको हुनेको कुल संख्या ११०७ पुगेको छ जसमध्ये ५२१ महिला र ५८६ रहेको छ।
निको भएका बाहेक नगरपालिकामा हाल ४१४ जना कोरोना संक्रमित रहेका छन् जसमध्ये २०७/२०७ महिला र पुरुष रहेका छन्। यसरी कोरोनाबाट निको हुने दर ७२.४० प्रतिशत पुगेको छ।
सक्रिय रहेका संक्रमितहरुमध्ये सल्फ होम आइसोलेसनमा ३५४ जना, १७५ महिला र १७९ पुरुष रहेका छन्। अस्पताल तथा आइसोलेसन केन्द्रमा उपचाररत रहेका संक्रमितहरुको ३२ जना महिला र २८ जना पुरुष गरि कुल ५४ जना रहेका छन्।
पछिल्लो २४ घण्टामा थप एक संक्रमितको मृत्यु भएको जनाइएको छ। वडा नं १० बाट ९० वर्षिय एक बृद्धको उपचारको क्रममा निधन भएको हो। यसरी मृत्यु हुने संख्या आठजना जसमा तीनजना महिला र पाँचजना पुरुष रहेको छ भने मृत्यु दर पुनः ०.५२ पुगेको छ।
पछिल्लो २४ घण्टामा पुष्टि भएका संक्रमितहरुको वडागत विवरणः
वडा नं १ मा ५५, ६० वर्षिय दुईजना पुरुष
वडा नं २ मा ६६ वर्षिया एक महिला, २९, ३३, ४५ वर्षिय तीनजना परुष
वडा नं ३ मा २५, ५० वर्षिया दुईजना महिला, ६०,६०,६४,६६ वर्षिय चारजना पुरुष
वडा नं ४ मा ७० वर्षिया एक महिला
वडा नं ५ मा १ वर्षिया एक बालिका
वडा नं ६ मा ३७, ५६, ७५ वर्षिय तीनजना पुरुष
वडा नं ७ मा २९, ४४, ४७, ५९ वर्षिया चारजना महिला, ५० वर्षिय एक पुरुष
वडा नं ८ मा ११, २६, ४०, ५३ वर्षिया चारजना महिला, २४, ७५ वर्षिय दुईजना पुरुष
वडा नं ९ मा २०, ३४, ६३, ६४, ६९, ७० वर्षिया छजना महिला, ३४, ८०, ५२, ५७, ६०, ७१ वर्षिय छजना पुरुष
वडा नं १० मा १५, २३, २८, ३४, ३९, ४३ छजना महिला, ३०, ६१, ९० वर्षिय तीनजना पुरुष
वडा नं ११ मा १५, १९, २१, ३१, ३६, ४७ वर्षिया छजना महिला, १३, ३३ वर्षिय दुईजना पुरुष
वडा नं १२ मा १६, २४, ३९ वर्षिया तीनजना महिला, २३, ५७ वर्षिय दुईजना पुरुष
वडा नं मा २२ वर्षिय १३ मा एक पुरुष