बूढानीलकण्ठ,  जेष्ठ ०७ गते ।  

बूढानीलकण्ठ नगरपालिकामा जेष्ठ ०७ गते शुक्रबार ६७ जनामा कोभिड-१९ संक्रमण भएको पुष्टि भएको छ । जनस्वास्थ्य महाशाखाको दैनिक प्रतिवेदनमा संक्रमित मध्य ३३ जना महिला र ३४ जना पुरुष रहेको जनाइएको छ । 

नगरपालिकामा सक्रिय संक्रमित ४३६ छन् । सक्रिय संक्रमित मध्य ३८० जना होम आईसोलेसनमा छन् भने  ५६ जना अस्पतालको आईसोलेसनमा भर्ना भएको अवस्था छ ।

नगरभित्र महामारी बढ्दो अवस्थामा रहेकोले निषेधाज्ञा अवधिभर जि.प्र.का.को आदेश पालना गरी सबैलाई स्वास्थ्य सम्बन्धी सुरक्षित मापदण्डहरु अपनाउन नगरपालिकाले अपिल गरेको छ ।

जेष्ठ ०७ गते शुक्रबारको वडागत विवरणः

वडा नं ०१ मा (३८ वर्षिय) १ पुरुष,

वडा नं ०२ मा (४३ वर्षिया) १ महिला र (२७, ५० वर्षिय) २ पुरुष,

वडा नं ०३ मा (४३, ४९ वर्षिया) २ महिला र (४४ वर्षिय) १ पुरुष,,

वडा नं ०४ मा शुन्य सङ्क्रमित,

वडा नं ०५ मा (९, ७० वर्षिया) २ महिला र (३२, ४७, ६२ वर्षिया) ३ पुरूष,

वडा नं ०६ मा (६२, ७० वर्षिया) २ महिला र (५०, ७३  वर्षिय) २ पुरुष,

वडा नं ०७ मा (४२ वर्षिया) १ महिला र (७, ६९ वर्षिय) २ पुरुष,

वडा नं ०८ मा (८, ११, १४, २०, ४०, ४२, ४८, ६५ वर्षिया) ८ महिला र (१५, १७, ३०, ३२, ३६, ५० वर्षिय) ६ पुरुष,

वडा नं ०९ मा (१५, २३, ३२, ३९, ४३, ४७, ५३, ६३, ६७ वर्षिया) ९ महिला र (२३, ३४, ४२, ४७, ५४, ५५, ७० वर्षिय) ७ पुरुष,

वडा नं १० मा (१८, २३, ४० वर्षिया) ३ महिला र (३२, ५३, ५६, ८२, ८७ वर्षिय) ५ पुरुष,

वडा नं ११ मा (२६, ५८ वर्षिया) २ महिला र (४४ वर्षिय) १ पुरुष,

वडा नं १२ मा (५०, ७०, ८० वर्षिया) ३ महिला र (१४, १९, ३३, ३३ वर्षिय) ४ पुरुष,

वडा नं १३ मा शुन्य सङ्क्रमित । 

महामारी रोकथाम र नियन्त्रण गर्न नगरपालिका कोभिड प्रतिकार्य टोलि गठन भएसंगै टोलि द्वारा ‘कन्ट्याक्ट ट्रेसिङ’ लगायत आकस्मिक स्थितिमा विरामीलाई अस्पताल सम्म पुर्याउने कार्य गर्दै आएका छन् ।

प्रतिकार्य टोलिबाट ‘कन्ट्याक्ट ट्रेसिङ्ग’को  लागी संक्रमित व्यक्तिहरुलाई सम्पर्क गर्न खोज्दा प्राय व्यक्तिहरु सम्पर्कमा नआएको र यसले गर्दा स्थिति नियन्त्रण गर्न अजहज भईरहेकोले संक्रमित व्यक्तिहरु सम्पर्कमा आउनुहुन टोलिले अनुरोध गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय