बूढानीलकण्ठ नगरपालिकाका उप-प्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतको टोलीले आज आईसोलेशन सेन्टरको निरीक्षण गरेको छ।
उप-प्रमुख रमा देवी राई, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्की, जनस्वास्थ्य प्रमुख कुमार प्रसाद दाहाल, प्रशासकीय अधिकृत जयराम गजुरेल र लेखा प्रमुख मिनराज खड्काले खोप केन्द्र र वडा नं.२ मा स्थापित आईसोलेसन सेन्टरको निरीक्षण गरेका हुन ।
निरीक्षणको क्रममा उप-प्रमुख राई र प्रमुख प्रशासकीय अधिकृत कार्कीले आईसोलेसन सेन्टरकाे व्यवस्थापकिय पक्ष निरिक्षण गर्दै बिरामीहरूसँग स्वास्थ्य अवस्था र खानपिनको अवस्थाको बारेमा सोधखोज गरेका थिए। खाजामा कमी कमजोरी पाएपछि खाना व्यवस्थापन गर्ने व्यक्तिलाई बोलाएर सुधार गर्न निर्देशन दिइएकाे छ। जनस्वास्थ्य प्रमुख दाहालले आईसोलेसन सेन्टरमा बसेका बिरामीसंग कुराकानी गरेर उनिहरुको मनोबल उच्च राख्न हौसला दिएका थिए।