बूढानिलकण्ठ नगरपालिकामा पछिल्लाे १ हप्तामा ३७ जना नयाँ संक्रमित भेटिएका छन् । हालै सार्वजनिक गरिएकाे तथ्यांक अनुसार संक्रमित मध्य १९ जना महिला र १८ जना पुरूष रहेका छन । निकाे हुनेकाे संख्या १२ जना महिला र २१ जना पुरूष गरी जम्मा ३३ जना रहेकाे छ भने काेभिड-१९ काे संक्रमणका कारण १ जनाकाे मृत्यु भएकाे छ । २ साता अघाडिसम्म कोरोना भाइरस रोग सम्बन्धी दैनकी प्रतिवेदन आउने गरेपनि अहिले अवस्था समान्य हुँदै गएकोले सो प्रतिवेदन सातामा एक पटक मात्रै प्रकाशित गर्ने गरिएको छ ।

खाेकी र ज्वराेजस्ता लक्षण काेभिड-१९ का साथै सामान्य रूघा-खाेकीमा समेत देखिने र हालकाे माैसममा धेरैलाई सामान्य रूघाखाेकी मात्रै लागेकाे हुनसक्ने भएकाेले, टेस्ट गराई हाल्न नपर्ने स्वास्थ्य शखाले जानकारी गराएको छ । वृद्धवृद्धा र बालबालिका बाहेकलाई काेभिड-१९ को लक्षण देखा परेमा घरमै उपर्युक्त मापडण्ड अपनाई घरका बाँकी सदस्यलाई बाधा नपर्ने गरी सेल्फ्-आइसोलेसनमा बस्न आग्रह गरिएको छ ।

अहिले नगरभित्र त्रासकाे माहाेल नभएतापनि काेराेना संक्रमणकाे जाेखिमबाट सुरक्षित रहनका लागी उपर्युक्त सावधानी अपनाउनहुन स्वास्थ्य महसाखा बूढानिलकण्ठले नगरबासीहरूमा आग्रह गरेएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय