बूढानीलकण्ठ नगरपालिकामा पछिल्लो २४ घण्टामा ८३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।
हिजो मात्र तुलनात्मक रुपमा संक्रमितको संख्यामा केहि कमि आएको भएका पनि आज पनः संक्रमित संख्या उकालो लागेको छ। आज थपिएका संक्रमित मध्ये ४४ जना महिला र ३९ जना पुरुष रहेका छन्। थपिएका संक्रमित सँगै नगरपालिकामा पुष्टि भएका कुल संक्रमित संख्या १३९९ पुगेको छ।
त्यस्तै काठमाण्डौँ उपत्यकामा जेष्ठ २ गते बाट शुरु गरिएको दोस्रो चरणको कोभिड १९ विरुद्धको खोप (भेरोसेल) को आज पाँचौँ दिन रहेको छ। आज नगरपालिकाका दुई स्थानमा गरि कुल १,०६२ जनाले खोप प्राप्त गरेको नगरपालिकाले प्रदान गरेको प्रातिवेदनमा उल्लेख छ। खोप लगाउनेहरुमे ५७५ जना महिला र ४८७ जना पुरुष रहेका छन्।
हालसम्म ३,१५४ जना महिला र ३,१२६ पुरुष गरि कुल ६,२८० जनाले उक्त खोप लगाइसकेको तथ्याङ्क नगरपालिकाले प्रदान गरेको छ।
यसैगरि कोरोनाको संक्रमणबाट पछिल्लो २४ घण्टामा ४७ जना महिला र ५४ जना पुरुष गरि कुल १०१ जना मुक्त भएका छन्। यो तथ्याङ्क २४ घण्टाभित्र कोरोनाको संक्रमणबाट निको हुने मध्येको हालसम्मोको उच्च संख्या रहेको छ।यसरी नगरपालिकामा कोरोनाबाट संक्रमित भइ निको हुनेको कुल संख्या ९३७ रहेको छ जसमध्ये ४५० महिला र ४८७ रहेको छ।
निको भएका बाहेक नगरपालिकामा हाल ४५५ जना कोरोना संक्रमित रहेका छन्। हालको समयमा संक्रमण संख्यामा बृद्धि हुने क्रम बढ्दो रहेकै छ तथापि संक्रमणबाट निको हुनेहरुको संख्यामा समेत बृद्धि हुँदै गरेको पाइएको छ। यसरी कोरोनाबाट निको हुने दर ६६.९८ पुगेको छ।
हाल सक्रिय रहेका संक्रमितहरुमध्ये सेल्फ होम आइसोलेसनमा ४०१ जना, १८३ महिला र २१८ पुरुष रहेका छन्। आस्पताल तथा आइसोलेसन केन्द्रमा उपचाररत रहेका संक्रमितहरुको २८ जना महिला र २६ जना पुरुष गरि कुल ५४ जना रहेका छन्।
पछिल्लो २४ घण्टामा थप एक संक्रमितको मृत्यु भएको जनाइएको छ। वडा नं ३ बाट ८९ वर्षिय एक पुरुषको बाँसबारी स्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारको क्रममा निधन भएको हो। यसरी मृत्यु हुने संख्या सात इुगेको छ भने मृत्यु दर पुनः ०.५० पुगेको छ।
पछिल्लो २४ घण्टामा पुष्टि भएका संक्रमितहरुको वडागत विवरणः
वडा नं १ मा शुन्य संक्रमित
वडा नं २ मा ५० वर्षिया एक महिला, २४, ४२ वर्षिय दुई परुष
वडा नं ३ मा ३८ वर्षिया एक महिला, १८, ४४, ४५, ८९ वर्षिय चारजना पुरुष
वडा नं ४ मा २५, ५५, ६० वर्षिया तीनजना महिला, ३१, ३४, ५३ वर्षिय तीनजना पुरुष
वडा नं ५ मा ६६ वर्षिया एक महिला
वडा नं ६ मा २७, ४०, ४२ वर्षिया तीनजना महिला
वडा नं ७ मा ४४ वर्षिया एक महिला, ५७ वर्षिय एक पुरुष
वडा नं ८ मा ३२, ३७, ५४ वर्षिया तीनजना महिला, १५, २८, ३३ वर्षिय तीनजना पुरुष
वडा नं ९ मा १३, १७, २०, २२, ३०, ३३, ३८, ३९, ५५ वर्षिया नौजना महिला, ९, २६, ३४, ३४, ४८, ७५ वर्षिय ६ जना पुरुष
वडा नं १० मा २२, २७, ३०, ३१, ३२, ५१, ५७ सातजना महिला, २४, ३५, ४७, ७२ वर्षिय चारजना पुरुष
वडा नं ११ मा १८, २४, ३८, ४१, ४५, ५२, ५७, ६२ वर्षिया आठजना महिला, ३२, ५२ वर्षिय दुईजना पुरुष
वडा नं १२ मा १४, २६, २७, २७, ४१, ४३ वर्षिया छजना महिला, ७, ९, २२, २८, ३१, ३४, ४३, ४५, ४७, ५२, ५३, ५५, ६३ वर्षिय १३ जना पुरुष
वडा नं १३ मा २२ वर्षिय १३ मा एकजना पुरुष