बूढानीलकण्ठ, जेष्ठ ०६ गते ।  बूढानीलकण्ठ नगरपालिकामा कोभिड-१९ संक्रमणमुक्त हुने संख्या बढ्दो अवस्थामा रहेको जनस्वास्थ्य महाशाखाको दैनिक प्रतिवेदनमा जनाईएको छ ।

महाशाखाको जेष्ठ ०५ गतेको प्रतिवेदन अनुसार हाल सम्म नगरपालिकामा  कुल ८३६ जना (४०३ महिला र ४३३ पुरुष) संक्रमणमुक्त भएका छन् । यस संगै नगरपालिकाको निको हुने दर ६३.५६ प्रतिशत पुगेको छ । संक्रमित संख्याको तुलनामा यो दर निकै संतोषजनक रहेको महाशाखा प्रमुख कुमार प्रसाद दहालले बताउनु भयो । 

नगरपालिकामा आईतबार मात्र ११६ जना संक्रमणमुक्त रहेको उच्च संख्या रेकर्ड भएको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क अनुसार दैनिक करिव ७० देखि ८० जना सम्म संक्रमणमुक्त भईरहेका छन् ।

हाल सम्म नगरपालिका भित्र ६२० महिला र ६९६ पुरुष गरि कुल १३३६ जनामा संक्रमण देखिएको छ ।

कुल संक्रमित संख्या मध्य निको भएका ८३६ जना बाहेक सक्रिय संक्रमित ४७४ जना  (२१४ महिला र २६० पुरुष)  छन् । सक्रिय संक्रमित मध्य ४२९ जना होम आईसोलेशनमा रहेको र बाँकि ५३ जना अस्पतालको आईसोलेसनमा भर्ना भएका छन् ।

दैनिक ५० देखी ९० जना सम्म संक्रमिण पुष्टि भईरहेको अवस्थामा संक्रमणमुक्त हुने संख्या बढ्दै गएकोले यो अवस्थालाई थप नियन्त्रण गरी यसको रोकथाम गर्न सकियो भने नगरपालिकामा महामारीबाट हुने असरलाई न्युनिकरण गर्न सहज हुने जनस्वास्थ्य बिज्ञहरुको बुझाई रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय