बूढानीलकण्ठ नगरपालिकामा बुधबार ‘ नगरपालिका कोभिड विपद व्यवस्थापन टिम (MCCMT)’ को बैठक बसेको छ ।

नगरपालिकामा कोभिड-१९ (दोस्रो लहर) संक्रमण बढ्दो अवस्थामा रहेको र केहि संख्यामा मृत्यु समेत भईसकेको अवस्थालाई मध्यनजर गर्दै यसको नियन्त्रण र रोकथामका लागि प्रभावकारी कदम चाल्नको निम्ति नगरपालिकामा आकस्मिक बैठक बसिएको थियो ।

नगर प्रमुख उद्धव प्रसाद खरेल, नगर सल्लाहकार सुन्दर पुर्कुटि, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कि‍, वडा नं ०१ अध्यक्ष सुरेन्द्र लामा, वडा नं ०१ सदस्य नविन श्रेष्ठ, नेपाली सेना, नेपाल प्रहरी, स्वास्थ्यकर्मी , राजनीतिज्ञ तथा नगरपालिका  कर्मचारीहरुको उपस्थितिमा बसेको बैठक बाट ८ वटा महत्वपुर्ण निर्णय भएको छ ।

बैठकमा छलफल भएका निर्णयहरु पुर्ण रुपमा कडाईका साथ कार्यन्वयन गराउन सम्बन्धित सबै पक्षलाई नगर प्रमुखले निर्देशन दिनु भएको छ ।

निर्णयहरुः

१. बूढानीलकण्ठ नगरपालिकाको कोभिड १९ जोखिम व्यवस्थापन समिति बैठकमा नगरपालिकाले कोभिड महामारी नियन्त्रण र रोकथामको लागि गरेका विभिन्न कार्यहरु कोभिड संक्रमण सम्बन्धी तथ्याङ्कहरुको जानकारी, आइसोलेसन सञ्चालन व्यवस्थापन, संक्रमण न्यूनीकरण र रोकथामका लागि CICI कार्य, Tracing Counselling नगरपालिकाले निर्माण गरेका विभिन्न समूह र संरचना निर्माण र सञ्चालन सम्बन्धमा जानकारी गराउने कार्य भयो ।

२ जिल्ला प्रशासन कार्यालय, काठमाण्डौ बाट जारी मिति २०७८०२१३ सम्मको निषेधाज्ञा अझ कडाइका साथ कार्यान्वयन गर्ने गराउने निर्णय गरियो ।

३. यस नगरपालिका अन्तर्गतका मंदिरा सेवन विक्रिवितरण गर्ने होटल तथा पसलहरु कडाइका साथ बन्द गर्ने / गराउने निर्णय गरियो।

४. यस नगरपालिकाको मिलन चोक, नारायण चोक र बालुवाखानीको तरकारी बजारमा निश्चित क्षेत्र तोकी गाडा राख्न नदिने र गाडा भेटिएमा राख्ने व्यवस्था मिलाउने । यसको लागि वडा समिति, सुरक्षाकर्मी र स्थानीय समुदायको समन्वयमा संक्रमण नहुने गरी विकल्प व्यवस्था गरी भिडभाड नियन्त्रणको व्यवस्था मिलाउने निर्णय गरियो ।

५ निर्माण सम्बन्धी कार्यको सम्बन्धमा निर्माणस्थलमा नै कामदार रहने गरी मात्र विकास निर्माण कार्य गर्न दिने निर्णय गरियो ।

६. यस नगरपालिका अन्तर्गत स्थानीय जात्रा पर्व मनाउने सम्बन्धमा मिति २०७८-०२-०४ को गुठी प्रतिनिधीहरुसंग भएको निर्णयानुसार गर्ने गराउने निर्णय गरियो ।

७. यस नगरपालिकाको वडा न १० डिट्ठाचौरमा रहेको हालको Isolation Centre मा OPD सेवा सञ्चालन गर्न नगरपालिकालाई सुझाव दिने निर्णय गरियो ।

८. कोभिंड-१९ रोकथाम, नियन्त्रणका लागि थप प्रचारप्रसार थप व्यवस्थित गर्ने निर्णय गरियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय