बूढानिलकण्ठ नगरपालिकाको स्थानीय विषयकाे पाठ्यपुस्तक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक प्रकाशन हुने चरणमा छ भने कक्षा ५ देखि ८ सम्मको पाठ्यपुस्तक सम्पादनको चरणमा रहेकाे बूढानीलकण्ठ नगरपालिका शिक्षा शाखाले जानकारी गराएकाे छ ।

वन्यजन्तु संरक्षण संघ / नेपाल प्रकृति पाठशाला कार्यक्रमकाे समन्वय र सहयाेगमा यस नगरपालिकाले स्थानीय आवश्यक विषयवस्तुहरूलाई समेटेर स्थानीय विषयकाे पाठ्यक्रम “हाम्राे बूढानिलकण्ठ कक्षा १-८, २०७६” निर्माण गरीसकेको छ। यस पाठ्यक्रम नगररपालिका क्षेत्रभित्रका सम्पूर्ण विद्यालयहरूमा लागू गर्नेछ । यस नगरकाे स्थानीय परिवेश, रहनसहन, प्राकृतिक, धार्मिक तथा साँस्कृतिक स्राेत साधनहरूकाे पहिचानलाई औपचारिक शिक्षामा विद्यालय तहमा उजागर गर्ने गरि याे पाठ्यक्रम तयार गरिएकाे छ ।

यस पाठ्यक्रममा स्थानीय वातावरण र जैविक विविधता, प्रकोप तथा विपद् व्यवस्थापन, धार्मिक, साँस्कृतिक, एतिहासिक र भाषिक सम्पदा, सामाजिक मूल्य मन्याता र सकारात्मक व्यवहार, स्थानीय पेसा, व्यवसाय र आर्थिक क्रियाकलाप, खेलकूद र शारीरिक स्वास्थ्यकाे क्षेत्रहरुको विषय रहेकाे छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय