बूढानीलकण्ठ, जेष्ठ ०५ गते ।
बूढानीलकण्ठ नगरपालिकामा जेष्ठ ०५ गते बुधबार ३९ जनामा कोभिड-१९ संक्रमण भएको पुष्टि भएको छ । जनस्वास्थ्य महाशाखाको दैनिक प्रतिवेदनमा संक्रमित मध्य १९ जना महिला र २० जना पुरुष रहेको जनाइएको छ ।
नगरभित्र महामारी बढ्दो अवस्थामा रहेकोले निषेधाज्ञा अवधिभर जि.प्र.का.को आदेश पालना गरी सबैलाई स्वास्थ्य सम्बन्धी सुरक्षित मापदण्डहरु अपनाउन नगरपालिकाले अपिल गरेको छ ।
जेष्ठ ०५ गते बुधबारको वडागत विवरणः
वडा नं ०१ मा शुन्य संक्रमित,
वडा नं ०२ मा (२६ वर्षिया) १ महिला र (१२, ५०, ६१, ६८ वर्षिय) ४ पुरुष,
वडा नं ०३ मा (६८ वर्षिया) १ महिला,
वडा नं ०४ मा (६३ वर्षिया) १ महिला र (६८ वर्षिय) १ पुरुष,
वडा नं ०५ मा (२७, ६०, ७२ वर्षिय) ३ पुरुष,
वडा नं ०६ मा (६०, ७५ वर्षिय) २ पुरुष,
वडा नं ०७ मा (२५, ५५ वर्षिया) २ महिला र (३७ वर्षिय) १ पुरुष,
वडा नं ०८ मा (८, ३४, ३४, ३५, ३९, ४३ वर्षिया) ६ महिला र (४५ वर्षिय) १ पुरुष,
वडा नं ०९ मा (२३ वर्षिया) १ महिला र (६१ वर्षिय) १ पुरुष,
वडा नं १० मा (२७ वर्षिया) १ महिला र (३८, ४६, ७३ वर्षिय) ३ पुरुष,
वडा नं ११ मा (३७, ४२, ७१ वर्षिया) ३ महिला र (१८, २६ वर्षिय) २ पुरुष,
वडा नं १२ मा (१०, ५१, ५४ वर्षिया) ३ महिला र (३७, ५५ वर्षिय) २ पुरुष,
वडा नं १३ मा शुन्य संक्रमित ।
महामारी रोकथाम र नियन्त्रण गर्न नगरपालिका कोभिड प्रतिकार्य टोलि गठन भएसंगै टोलि द्वारा ‘कन्ट्याक्ट ट्रेसिङ’ लगायत आकस्मिक स्थितिमा विरामीलाई अस्पताल सम्म पुर्याउने कार्य गर्दै आएका छन् ।
प्रतिकार्य टोलिबाट ‘कन्ट्याक्ट ट्रेसिङ्ग’को लागी संक्रमित व्यक्तिहरुलाई सम्पर्क गर्न खोज्दा प्राय व्यक्तिहरु सम्पर्कमा नआएको र यसले गर्दा स्थिति नियन्त्रण गर्न अजहज भईरहेकोले संक्रमित व्यक्तिहरु सम्पर्कमा आउनुहुन टोलिले अनुरोध गरेको छ । सहजीकरणकाे लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।