बूढानीलकण्ठ जेष्ठ ०४ गते ।

बूढानीलकण्ठ नगरपालिका नगर युवा परिषदले ज्येष्ठ ०४ गते (मंगलबार) कोभिड-१९ स्वास्थ्य सतर्कता तथा जोखिम न्युनीकरण संवाद ‘भर्चुअल अनलाईन’ कार्यक्रम आयोजना गर्न लागेको छ।

कोभिड-१९ (दोस्रो लहर) महामारी देश भर बढ्दो अवस्थामा रहेको स्थितिमा बूढानीलकण्ठ नगरपालिकामा पनि यसको असर उच्च मात्रामा देखीएकोले यसको नियन्त्रण तथा रोकथामका लागी नगरपालिका तथा नगरवासीहरुले निभाउन पर्ने भुमिका बारे छलफल तथा संवादको लागि  ‘Zoom’ मार्फत ‘भर्चुअल अनलाईन’ कार्यक्रम आयोजना गर्न लागिएको हो ।

यस कार्यक्रममा प्रमुख वक्ता नगर प्रमुख उद्धव प्रसाद खरेल, नगरपालिका जनस्वास्थ्य अधिकृत कुमार प्रसाद दहाल, डा. शिव कुमार राई, डा. प्रम खड्गा, डा. राम कुमार श्रेष्ठ र डा. जय कुमार गुरुङ रहेको कार्यक्रम प्रस्तोता एवं युवा परिषद उपाध्यक्ष रुपेश भट्टराईले जानकारी दिनु भएको छ ।

कार्यक्रम मंगलबार दिँउसो ३ बजे देखि सुरु हुने हुँदा  Zoom Meeting ID: 94420360554  Passcode: 618895 मा जोडिनुहुन आयोजकले अनुरोध गरेको छ ।

थप जानकारीको लागिः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय