बूढानीलकण्ठ, जेष्ठ ०३ गते ।
बूढानीलकण्ठ नगरपालिकामा जेष्ठ ०३ गते साेमबार थप ८२ जनामा कोभिड-१९ संक्रमण भएको पुष्टि भएको छ । जनस्वास्थ्य महाशाखाको दैनिक प्रतिवेदनमा संक्रमित मध्य ३४ जना महिला र ४८ जना पुरुष रहेको जनाइएको छ ।
नगरपालिकामा जेष्ठ ०२ गते देखी काेभिड १९ बिरूद्धकाे विरुद्धको चिनियाँ भेरोसेल (दोस्रो मात्रा) खोप अभियान सञ्चालन भएको छ । आज १४२५ जनाले साे खोप लगाएका छन् ।
नगरपालिका जनस्वास्थ्य महाशाखा अनुसार हाल सम्म नगरपालिका भित्र ५६१ जना महिला र ६४९जना पुरष गरी कुल १२१० जनामा संक्रमण देखिएको छ ।
नगरपालिकामा सक्रिय संक्रमित ५०९ छन् । सक्रिय संक्रमित मध्य ४५९ जना होम आईसोलेसनमा छन् भने ५० जना अस्पतालको आईसोलेसनमा भर्ना भएको अवस्था छ ।
हाल सम्म कोरोनाबाट ६९५ जना (३३९ महिला र ३५६ जना पुरुष) संक्रमणबाट मुक्त भएका छन् । पछिल्लो चौविस घण्टामै १०५ जना निको भएको जानकारी प्राप्त भएको छ । यस संगै नगरपालिकामा निको भएको दर ५७.४४ प्रतिशत रहेको छ ।
बूढानीलकण्ठमा कोभिड-१९ संक्रमणबाट ६ जना(३ महिला र ३ पुरुष) को मृत्यु भईसकेको र बालबालिकालाई समेत संक्रमण देखीएको छ ।
नगरभित्र महामारी बढ्दो अवस्थामा रहेकोले निषेधाज्ञा अवधिभर जि.प्र.का.को आदेश पालना गरी सबैलाई स्वास्थ्य सम्बन्धी सुरक्षित मापदण्डहरु अपनाउन नगरपालिकाले अपिल गरेको छ ।
जेष्ठ ०३ गते साेमबारको वडागत विवरणः
वडा नं ०१ मा शुन्य संक्रमित
वडा नं ०२ मा (३०, ४७ वर्षिया) २ महिला र (७, १३, १९, ३२, ४२, ५५, ५५, ७०, ७२ वर्षिय) ९ पुरुष,
वडा नं ०३ मा (२२, २६, ३४, ४५, ५५ वर्षिया) ५ महिला र (२२, २४, ३५ वर्षिय) २ पुरुष,,
वडा नं ०४ मा (१६, ३१, ५८ वर्षिया) ३ महिला र (४६ वर्षिय) १ पुरुष,
वडा नं ०५ मा (५, ३० वर्षिया) २ पुरूष,
वडा नं ०६ मा (३१, ३१ वर्षिया) २ महिला र (५३ वर्षिय) १ पुरुष,
वडा नं ०७ मा (१२, ५१, ६० वर्षिय) ३ पुरुष,
वडा नं ०८ मा (४०, ५४, ६३, ६४ वर्षिया) ४ महिला र (२२, ५१, ६१, ७६ वर्षिय) ४ पुरुष,
वडा नं ०९ मा (२७, ५०, ६० वर्षिया) ३ महिला र (१४, २३, २६, २९, ६१ वर्षिय) ५ पुरुष,
वडा नं १० मा (२०, २६, २७, ३०, ५२, ५६, ८५, ८५ वर्षिया) ८ महिला र (३०, ३६, ४२, ४६, ४७, ५२, ५८, ५८, ५९, ६७ वर्षिय) १० पुरुष,
वडा नं ११ मा (२२, ३५, ४० वर्षिया) ३ महिला र (२५ वर्षिय) १ पुरुष,
वडा नं १२ मा (३१, ३८, ५७, ५९ वर्षिया) ४ महिला र (२६, ३१, ४०, ४५, ४९, ५९, ६४ वर्षिय) ८ पुरुष,
वडा नं १३ मा (४० वर्षिया) १ पुरूष ।
नगरपालिका वडा नं १० मा संक्रमण तुलानत्मक हिसाबले बढ्दो क्रममा रहेको पाईएको छ । यस वडामा मात्रै २५८ जना (११८ महिला र १४० पुरुष) संक्रमित भएका छन् ।
महामारी रोकथाम र नियन्त्रण गर्न नगरपालिका कोभिड प्रतिकार्य टोलि गठन भएसंगै टोलि द्वारा ‘कन्ट्याक्ट ट्रेसिङ’ लगायत आकस्मिक स्थितिमा विरामीलाई अस्पताल सम्म पुर्याउने कार्य गर्दै आएका छन् ।
प्रतिकार्य टोलिबाट ‘कन्ट्याक्ट ट्रेसिङ्ग’को लागी संक्रमित व्यक्तिहरुलाई सम्पर्क गर्न खोज्दा प्राय व्यक्तिहरु सम्पर्कमा नआएको र यसले गर्दा स्थिति नियन्त्रण गर्न अजहज भईरहेकोले संक्रमित व्यक्तिहरु सम्पर्कमा आउनुहुन टोलिले अनुरोध गरेको छ ।